
रिचार्ज कार्ड चोरी गर्ने दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय गोरखाले रिचार्ज कार्ड चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिकाको वडा नं. ५ दर्बुङबाट सोही ठाउँका १६ बर्षिय सागर गुरुङ र धादिङको ज्वालामुखी गाउँपालिका वडा नं १ रातामाटेका २१ बर्षिय कमल कुमाललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
गत असार १७ गते राती जिल्ला धादिङको रोराङ गाउँपालिका वडा नं. ५ बाँदरे स्थित राजेन्द्र कुमार सिल्वालको किनारा पसलबाट रिचार्ज कार्ड लगायतका सामान चोरी गरि फरार रहेका उनिहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको डिएसपि महेन्द्र नेपालले बताए ।
उनिहरुको साथबाट रीचार्जकार्ड समेत बरामद गरिएको उनको भनाई छ । दुबैजनालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको गोरखा प्रहरीले जनाएको छ ।




