
गोरखामा रेडक्रसका सामग्री चोर्नेहरु प्रहरी फन्दामा
नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाबाट राहत सामाग्री चोरी गर्ने तथा क्षति पु¥याउने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राहत सामाग्री चोरी गर्ने चार र क्षति पु¥याउने पाँच जना पक्राउ परेका हुन् । रेडक्रसको विरीन्चोक स्थित गोदामबाट गत असार २६ गते त्रिपाल, कम्बल, सरसफाई सामाग्री लगायतका करीब दुई लाख ५० हजार रुपैयाँ बराबरका राहत सामाग्री चोरी गर्ने चार जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ । बारा जिल्ला पचरौता नगरपालिका १ घर भई हाल गोरखा नगरपालिका ९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सियाराम माझी र सञ्जय महतो पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चोरी भएका सामाग्री उनीहरुको कोठाबाट बरामद गरिएको डिएसपी महेन्द्र नेपालले बताए । राहत सामाग्रीमा क्षति पु¥याउने धनमाया थापा मगर, गिता पौडेल, अंकमाया राना मगर, सोमबहादुर राना र लाल बहादुर राना पनि पक्राउ परेका उनले बताए । राहत सामाग्रीमा नोक्सानी पु¥याए को भन्दै उनिहरुलाई पक्राउ गरिएको हो । चोरीको आरोपममा पक्राउ परेकालाई जिल्ला अदालत बाट र राहत सामाग्रीमा क्षति पु¥याएको आरोपमा पक्राउ परेका लाई म्याद थप गरी अनुसन्धान भैरहेको डिएपी नेपालले जानकारी दिए ।




