
पहाडको पहिरो, तराईको डुबानबाट देशभर २८ जनाको मृत्यू, १६ जना बेपत्ता, ११ जना घाइते,
काठमाडौं : बिभिन्न ठाउँको बाढीपहिरोमा परी देशभर अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उद्धार र राहतको कामलाई तिब्रता दिइएको छ ।
बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितपुर र काभ्रेमा तीन -तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई-दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक-एक गरी २८ जनाको ज्यान गएको छ ।
काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको एसपी थापाले जानकारी दिए ।
पहाडको पहिरो र तराईको डुबानबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।
मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक एक जना गरी ११ जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक÷एक जना गरी १६ जना वेपत्ता भएका छन् ।




