चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम
आर्थिक निति
कृषि सामग्रीहरुको आपुर्ति समयमा सहज र सुलभ तरिकाबाट गर्न जोड दिइने छ । कृषि उपज तथा पशुपालन क्षेत्रमा वित्तिय र विमा सेवाकोपहँचु अभिवृद्धि गरिनेछ । साना तथा बैकल्पिक प्रविधि मार्फत सिचाइ सुविधा उपलब्ध तथा विस्तार गरिनेछ । जैविक कृषि क्षेत्रको विकास गरी प्रवद्र्धन गरिनेछ । उच्च हिमाली भेगमा पाईने विशेष विउ, विजनका लागि अनुसन्धान केन्द्रसँग सम्पर्क स्थापित गरि त्यस बारे ज्ञान, सीप र प्रविधिका अलावा सामाग्री उपलब्ध हुने व्यवस्था मिलाईने छ । जैविक मल र किटनाशक औषधि उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गरिने छ । कृषक सहकारी एवं वित्तीय संस्थाहरुसंग कृषकहरुका ेपहुंच बढाइनेछ । कृषि क्षेत्रमा संघ, प्रदेश एवं स्थानीय तहको अनुदान तथा सुविधाहरुको बारेमा कृषहरुलाई सुसूचित गराइनेछ।
महिला मैत्री कृषि प्रविधि र औजारहरुमा पहुंच बढाइने छ । माटो र मौसम अनुकुल बाली प्रणालीको विकासमा जोड दिइने छ । गहूा सुधार गरी कृषिको उत्पादकत्व बढाउन प्रोत्साहित गरिने छ । खेती योग्य जमिनमा बस्ती विकासलाई निरुत्साहित गरिनेछ । अगुवा कृषकहरुको विकास गरी उनीहरुको ज्ञान सीप र अनुभवलाई उपयोग गरिनेछ । कृषि क्षेत्रमा दक्ष जनशक्तीको सेवा उपलव्धता मा प्राथमिकता दिइनेछ । वैदेशिक रोजगारवाट फर्किएर आएका यूवाहरुलाई उनीहरुले सिकेको सीपमा आधारित कृषि प्रवद्र्धनमा उपयोग र परिचालन गरिनेछ ।
विभिन्न लक्षित वर्गहरुमा आधारित कृषि उपज सिप उद्यम शीलताको तालिम दिईनेछ ।
गा.पा भित्र सघन खेतीका संभाव्य क्षेत्रहरुको पहिचान गरिनेछ । कृषक तालिम र अध्ययन भ्रमणका माध्यमबाट हांसिल ज्ञान र सीपलाई उद्यमशीलता तर्फ उन्मुख गराइनेछ । कृषक अगुवाहरुलाई अनुसन्धान केन्द्र र कृषि विश्वविद्यालयसंग आवद्ध गराइर्न ेछ । उत्कृष्ट कृषक अगुवालाई प्राविधिक शिक्षा तथा तालिम केन्द्रबाट सीप परीक्षण प्रमाणपत्र उपलव्ध गराइनेछ । एक गाँउ एक उत्पादनमा जोड दिइनेछ । प्रत्येक वडामा कृषि उपज सकंलन तथा हाट वजारको व्यवस्था गरिनेछ । कृषि उत्पादनलाई मूल्य श्रृङ्खलामा आवद्ध गरी विकास गरिनेछ । कृषि उत्पादनको आन्तरिक र बाह्य वजारमा पहँुच बृद्धिका लागि आवश्यक पहल गरिनेछ । कृषि क्षेत्र विकास र व्यवसायीकरणका लागि नीतिगत कानूनी व्यवस्था मिलाइने छ । कृषि सहकारीहरुको विकास गरी कृषि सामागृको आपूर्ति एवं उत्पादित बस्तुको संकलन, प्रशोधन, गूणस्तर व्यवस्थापन र बजारीकरणमा परिचालन गरिनेछ । स्थानीय पहिचानका विशिष्टीकृत उत्पादनको ब्राण्डिङ गरी प्रवद्र्धन गरिनेछ । एक घर एक करेसाबारी प्रर्वद्धन गरिनेछ ।
पर्यटन तथा संस्कृति
गापाको पर्यटन प्रवर्धन रणनीतिक योजना तयार पारिनेछ । नयाँ पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान गरिनेछ । पर्यटन प्रर्बद्धनका लागि गापा क्षेत्र, गोरखा जिल्ला तथा छिमेकी जिल्ला जोड्नेवकै ल्पिक पैदल मार्ग निर्माण गर्न आवश्यक पहल गरिनेछ । पर्यटकीय स्थल र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रर्वद्धनमा जोड दिइनेछ । चुमनुब्रीेपर्यटन संभावनाकोप्रचार प्रसारका लािग वतृ चित्र निर्माण गरिनेछ । होमस्टे तथा पर्यटनमुखी होटलहरुको प्रर्वधन कार्यक्रमको स्तरोन्नती तथा बिस्तारका लागि आवश्यक पहल गरिनेछ । पर्यटकीय व्यवसाय प्रवर्धनकालागी बिभिन्न तालिम कार्यक्रम संचालन गरिनेछ । पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन पर्यटन पुलिसको व्यवस्था गर्न आवश्यक नीतिको व्यवस्था गरिनेछ । स्थानीय कला र सास्कृति सम्बन्धी कार्यक्रम संचालनका माध्यमबाट पर्यटकीय आकर्षण बढाइनेछ ।
पर्यटन सूचना केन्द्र र संग्रहालयको स्थापनाका लागि श्रोतको खोजी गरिने छ । स्थानीय उत्पादन (कृषि, वन, उद्योग) को प्रवर्धनमा जोड दिइनेछ । पर्यटकीय सेवा प्रदायकहरुलाई स्थानीय उत्पादनको प्रयोग गर्न प्रोत्साहित गरिने छ । स्थानीय उत्पादन विकी्र केन्द्र स्थापनाका लागि आवश्यक व्यवस्था मिलाइने छ । एक वडा एक व्यवस्थित हेली प्याडको निर्माणका लागि आवश्यक पहल गरिनेछ । सहुलियत ऋणमा पहँुचको पहल तथा व्यवस्थापनका लागि वित्तिय संस्थाहरुसँग समन्वय गरिनेछ । स्थानिय गुम्बा, गाउँपालिका र मनास्लु संरक्षण क्षेत्रको सहकार्यमा संघ तथा प्रदेश सरकारको समन्वयमा धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण, सम्र्बद्धन र प्रर्वद्धन गर्ने नीति लिईनेछ सो को लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक बजेटकोप्रबन्ध मिलाइर्न ेछ । पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय आवास, पीस पार्क, मौलिक संस्कृति झल्किने पर्यटकीय पुर्वाधारहरुको विकास गर्ने नीति लिईनेछ । गुरुङ, भोट,े लामा संग्राहलय निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
उद्योग ब्यापार ब्यबसाय
वैदेशिक रोजगारवाट फर्किएका युवाहरुलाई उनीहरुले सिकेको सीप अनुरुपको व्यवसाय सञ्चालन गर्न आर्कषित गरिनेछ । स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनाका लागि सीप विकास तथा तालिम कार्यक्रमहरु संचालन गरिनेछ । नयाँस्थापना हनु ेरोजगारमूलक उद्योगमा विउँ पूजी सहुलियत उपलव्ध गराउन पहल गरिने छ । स्थानीय उत्पादनलाई प्रश्रय दिने खालका प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालनमा जोड दिईनेछ । परम्परागत प्रविधिमा आधारित उद्योगहरुलाई नयाँ प्रविधिसंग जोडी आयस्तर बृद्धि गर्न सहयोग पुर्याइनेछ । पछाडि परेका वर्ग पराम्परागत सीप भएका समुह पहिचान गरी स्थानीय उत्पादनलाई व्यवसायिकरण गर्न सहयोग गरिनेछ । महिला उद्यमशीलता तालिम संचालन गरी महिलाद्वारा संचालित उद्यमहरुलाई विशष्ो सहुलियत प्रदान गरिनेछ । स्थानीय जडिबुटी, जैविक कृषि उपज, फलपूmल तथा तरकारी प्रशोधन सम्बन्धी उद्योगहरुको स्थापना र विकासमा प्रोत्साहन गरिने छ । स्थानीय उत्पादनको बजारीकरणका लागि सहकारी र निजी क्षेत्रसंग सञ्जालिकरण र सहकार्य गरिनेछ । स्थानीय उत्पादन विक्रीका लागि कोशेली घर को स्थापना गरिनेछ । बाहिर रहेका स्थानीय बासीलाई गाउँ पालिकामा उद्यम व्यवसाय संचालनमा लगानी गर्न प्रोत्साहन गरिनेछ । विभिन्न समूह र सामुदायिक संस्थामा छरिएर रहके ोबचतलाई वित्तिय संस्थाहरुसँगका ेसमन्वयमा उद्यम व्यवसाय संचालनमा लगानी गर्न प्रोत्साहित गरिने छ । पर्यटन पथमा स्तरीय होटल, लज तथा होम स्टे संचालन गर्न प्रोत्साहित गरिनेछ । स्थानीय उत्पादन प्रषोधन गर्ने साना तथा मझौला उद्योग संचालन गर्ने वातावरण तयार गरिनेछ ।
पूर्वाधार र भवन निमाणकोप्याकेजमा बाल तथा अपांग मैत्री, वातावरण मैत्री, विपद संवेद नशिल ,लैससास मैत्री शौचालय, खानेपानी, तारबारको अनिवार्य व्यवस्था मिलाईने छ । सबै प्रकारका विपत्तिबाट क्षतिग्रस्त शिक्षण संस्थाहरुको बहुप्रकारका बिपत प्रति सम्बेदनशिल तथा अपाङ्गता र लैससास मैत्री पुननिर्माणमा निरन्तरता दिइनेछ । शिक्षा क्षेत्रको विकासका लागि यस क्षेत्रमा काम गर्ने संघसंस्थासँग समन्वय र सहकार्य गरिनेछ । अपांगता भएका व्यक्तिका लागि श्रोत कक्षा संचालन गर्न पहल गरिनेछ । निशल्ुक शिक्षा नीतिलाई पूर्णरुपमा कार्यान्यन गरिनेछ । विद्यालय तथा दरबन्दी समायोजन गरी शिक्षकको उपलब्धता बढाउने साथै दरबन्दी थपका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिनेछ । शैक्षिक नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । शिक्षक तालिमको व्यवस्था गरिनेछ । शिक्षण सिकाइमा आधुनिक प्रविधिको विस्तार गरिनेछ ।. विद्यार्थी उपस्थितिलाई गाउँपालिका को सेवा प्रवाहसँग आवद्ध गरिनेछ । गरिब, मेहनति तथा जेहनदार विद्यार्थी तथा विशेस अवस्था भएका विद्यार्थिीहरुलाई छात्रवृतिको व्यवस्था गरिनेछ । विद्यालय बाहिर रहके ा बालबालिकाहरु पहिचान गरि घरदैलोगरि विद्यालय जान प्रोत्साहित गरिने छ । जोखिममा परेका अल्पसंख्यक तथा लोपुन्मुख समुहका बिद्यार्थीहरुको आवश्यकता लाई सम्बोधन गर्न आवश्यक व्यवस्था मिलाइने छ । सबै विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्रीको व्यवस्था गरिनेछ । लैससास सम्बन्धि सचेतनाको विकास गर्ने बिभिन्न कार्यक्रम संचालन गरिनेछ । छोरीको शिक्षाको लागि विशेष प्रोत्साहन र उत्प्रेरणा वृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ । महिला, दलित, अपाङ्ग, विपन्न तथा पछाडी परेका वा पारिएका समूहको गूणस्तरीय, प्राविधिक एवं विशेष शिक्षामा पहँुचका लागि पहल गरिनेछ । .महिला, अपांग, दलित र छात्राहरूका लागि उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । समाजमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता कायम गर्ने नीति अबलम्बन गरिनेछ ।
स्थानीय, प्रदेश तथा केन्द्र संग समन्वय गरि आवश्यक बजटे कोव्यवस्था गरी भवन तथा अन्य पूर्वाधारको निर्माण गरिनेछ । सबै प्रकारका विपत्तिबाट क्षतिग्रस्त स्वास्थ्य सस्थाहरुको बहुप्रकारका बिपत प्रति सम्बदे नशिल तथा अपाङ्गता र लैससास मैत्री पुननिर्माणमा निरन्तरता दिइनेछ । दरवन्दी अनुरुप कर्मचारी पद पूर्ति गर्न आवश्य पहल गरिनेछ । सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य नीति निर्माण, परिमाजर्न तथा संसोधन गरि स्वास्थ्यमा सवै नागरिकको पंहुच पु¥याउन पहल गरिनेछ । स्वास्थ्य क्षेत्रमा काम गर्ने राष्टिूय अन्तर्राष्टिूय संस्थाको स्रोतका लागि गाउँपालिकाले समन्वय र सहजीकरण गरिने छ । सबै स्वास्थ्य संस्थाहरू मा सेवाग्राहीहरुका लागि समेत सुरक्षित खानेपानी, प्रयोगकर्तामैत्री शौचालय र हात धुने स्थानको व्यवस्था अनिवार्य गरिनेछ । ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवालाई सर्ब(सुलव रुपमा प्रवाह र विस्तार गर्न सबै सरोकारवालाहरुसंग सहकार्य गरिनेछ । गर्भवति महिला, प्रसुती गराउन आउने महिला र सो सम्वन्धि रोग लागेका महिलाहरुको उपचारमा विशेष समुदायका महिला तथा अपाङ्कता भएका महिलालाई निशुल्क जांच तथा सेवा उपलब्ध गर्ने व्यवस्था मिलाइर्न ेछ । जन स्वास्थ्य, परिवार नियोजन र सरसफाइ सम्बन्धी प्रचार प्रसारमूलक कार्यक्रमहरू सञ्चालन गरि जनचेतना अभिवृद्दि गरिनेछ । स्वास्थ्य क्षेत्रमा व्यापत रहको कुरुती, अन्धविश्वास आदि हटाउन र परिवार नियोजनको साधनको सहज स्वीकार्य गराउन बिभिन्न कार्यक्रम संचालन गरिनेछ । स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तालिम आवश्यकता अनुसार उपलब्ध गराउने र सिकेको सिप व्यवहारमा ल्याउने कुरा सुनिश्चित गरिनेछ । नियमित औषधि व्यवस्था तथा ढुवानीको प्रवन्ध मिलाइनेछ । महिला स्वास्थ्य स्वयम्सेविकाका लागि प्रोत्साहन तथा क्षमता विकासका अवसरमा बृिद्ध गरिनेछ । उपलब्ध सेवाहरुको नियमित रुपमा अनुगमन गरिनेछ ।
युवाको सृजनशिलता, उत्पादन र रुपान्तरणमा खेलकुदको धेरै योगदान रहेको हनु ाले उनीहरुको खेलप्रति लगाव बृद्धि गर्ने कार्यक्रमहरु संचालन गरिने छ । युवा केन्द्रित व्यवसायिक सीप विकासका लागि आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक तालिमको पाठ्यक्रम विकास गरि सो बमोजिम तालिमको व्यवस्था गरिने छ । सम्वन्धित निकायसंगको सहकार्य एवं समन्वयमा बिबिध कार्यक्रम संचालन गरिने छ । संघीय तथा प्रदेश सरकार र गैसस सँग समन्वय र सहकार्य गरि सुबिधा सम्पन्न खले कुदका पूर्वाधारका निमार्ण गर्न आवश्यक पहल गरिने छ । स्थानीय तह देखि नै खेलकुद प्रतियोगिता आयोजना गरि प्रतिभावान् खेलाडीहरुको पहिचान गरिनेछ । नियमित खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्र र संघ संस्थाहरूसँग समन्वय गरिनेछ । नियमित शारीरिक व्यायाम र योगसम्बन्धी क्रियाकलापहरुलाई प्रबर्धन गरिनेछ । साहसिक, पर्यटकीय, मनोरन्जनात्मक र व्यवसायिक खेलहरुलाई प्रबर्धन र सम्बर्धन गर्ने नीति लिईनेछ । खेल प्रशिक्षकको व्यवस्था गर्ने र आवश्यक खेल सामाग्री व्यवस्थापनका लागि पहल गरिने छ। बालबालिका बालबालिकाको चौतर्फी विकासका लागि बालमैत्री स्थानीय शासनका सूचकहरु अवलम्वन गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि बमोजिम कार्यान्वयन गर्दै बालमैत्री गाउँपालिका घोषणा तर्फ योजनाबद्ध रुपले अगाडी बढिने छ । बालमैत्री सूचकमा रहेका व्यवस्था बमोजिम बालबालिकालाई श्रृजनात्मकता तर्फ लैजान बाल उद्यान निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय र सहकार्य गरिने छ । विद्यालय तथा वडा स्तरमा वाल क्लवहरु गठन गरी पालिका स्तरीय वाल संजाल निर्माण गरिनेछ र उक्त बाल संजालको माध्यमबाट बालभेला गरी बालभेलाबाट प्राप्त हुन आएका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिईने छ । बाल संरक्षणका लागि आश्यक नीति निर्माण गर्नका लागि बाल भेला तथा गोष्ठिको आयोजना गरिनेछ । बालश्रम, बालविवाह न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । बाल अधिकार प्रर्वद्धन गर्नका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।
बाँकी शनिवारको अंकमा प्रकाशित गर्नेछौ ।




