| सोमवार, कार्तिक २३, २०८३

पोन्च्यो गाँउमा बाँसका सामाग्री बनाउने तालिम

दरौंदी ः बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर ४ पोन्च्यो गाँउमा बाँसका सामाग्री निर्माण सम्बन्धी तालिम भएको छ ।
घरेलु तथा उद्योग विकास समिति र सामाजिक स्वास्थ्य उथान केन्द्र काठमाण्डौको साझेदारीमा गाँउघरमै उपलब्ध बाँस तथा निगालोको सामाग्री बनाउने २ महिने तालिम भएको हो ।
गाँउघरमा खेर गईरहेको बाँस तथा निगालोलाई उपयोग गरी मुढा, र्याक, टोकरी लगायत बिभिन्न सामाग्रीहरू बनाउन पाउदा स्थानीय उत्साहित भएका प्रशिक्षक मिन बहादुर मगरले बताए । सिकेको कामलाई निरन्तरता दिने र गाँउमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पोन्च्यो गाँउको चिनो स्वरूप हस्तकलाका सामाग्री दिने तालिमका सहभागीले बताएका स्थानीय सलिना गुरुङले जानकारी दिईन् । तालिममा १३ जना महिला सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्