| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापा गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम

लैङगिक समानता तथा सामजिक समाबेशीकरण बाल अधिकार , महिला अधिकार तथा सामाजिक न्यायमा महिलाको पहुँच सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ । महिला क्षमता विकास , नेतृत्व विकास तथा आय आर्जन सम्वन्धी विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ । स्थानीय तहमेै बसेर ब्यवसाय सञ्चालन गर्न चाहने कम्तिमा ८ जना सम्मको समुहलाई नमुना महिला समूहको रुपमा रु ४ लाख सम्मको अनुदान उपलब्ध गराइनेछ । क श्रेणीमा नपरेका जटिल प्रकृतिका अपाङ्ग विधार्थीह्ररुलाई उसले पढ्न चाहेसम्मको शिक्षाको लागि विशेष छात्रवृत्ति प्रदान गरिनेछ । सबै प्रकारका निर्माण कार्यलाई अपाङ्गतामैत्री बनाइनेछ । दूई छोरी पाई स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई १२ कक्षासम्म निशुल्क पठनपाठनको व्यवस्था मिलाइने। ग्रैह सरकारी संघ संस्था भिमसेन थापा गाउँपालिका क्षेत्रमा काम गर्ने ग्रैह सरकारी संस्थाहरुको प्रोफाइल तयार पारी ग्रैह सरकारी डेक्स स्थापना गरिनेछ ।

ग्रैर सरकारी संस्था र नीति र कार्यक्रम संगै भन्ने मान्यताका साथ कार्यक्रमहरु संञ्चालन गरिनेछ । ग्रैर सरकारी संस्था क्लब , नागरिक सचेतना केन्द्र, टोल सुधार समिति जस्ता बिकास साझेदार संग एकीकृत बिकास निर्माण कार्य गर्न निर्देशिका तयार गरिनेछ ।
लक्षितबर्ग जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बितरणमा सरलीकरण गरिनेछ । हरेक बर्ष बडा दशैं र तिहारको बीचमा गाउँपालिका स्तरीय ८४ वर्ष पुगेका जेष्ठ नागरिक घोषणा तथा सम्मान काय्र्रक्रम सञ्चालन गरिनेछ । जेष्ठ नागरिक समाज स्थापना गरी आदर्शमूलक चेतना कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक वडामा जेष्ठ नागरिक लक्षित पार्क, उद्यान तथा आराम कक्ष निर्माण गरिनेछ । एक वडावाट ८० वर्ष नाघेका वृद्धावृद्धालाई लौरो वितरण कार्यक्रम संचालन गरी वाँकी वडाहरुमा क्रमश कार्यान्वयन गरिनेछ । जेष्ठ नागरिक परिचयपत्र वितरण कार्य यथासिघ्र शुरुवात गरिनेछ । दलित समुदाय जातीय भेदभाव तथा छुवाछुत प्रथालाई पुर्ण रुपमा निरुत्साहित गरिनेछ । दलित महिला सहकारी स्थापना गरी आत्मनिर्भरतातर्फ अग्रसर बनाइनेछ । दलित नमुना बस्ती बिकास गरिनेछ । दलित समुदायका बिद्यार्थीहरुको शैक्षिक विकासमा विशेष ध्यान दिइनेछ । दलित समुदायमा बिद्यमान परम्परागत सीपलाई आधुनिकीकरण गर्दै लघु उद्योगको रु्रपमा विकास गरिनेछ । दलित बिशेष सम्मान कार्यक्रम गरिनेछ । दलित वस्तीमा दलित लक्षित अभिमुखिकरण तालिम संचालन गरिनेछ ।
बालबालिका बाल श्रम, बाल यौनशोषण, बालबिवाह र बाल हिंसा न्यूनीकरण गर्न प्रचलित कानुनको प्रभावकारी कार्यन्वयन गरिनेछ । बाल क्लबको निर्माण बाल सञ्जाल खडा गरी बालअधिकारको प्रचार प्रसार र बालअधिकार रक्षा गरिनेछ । गाउँपालिकालाई बालमैत्री गाउँ पालिका घोषणा गरिनेछ । गाउँपालिका स्तरीय बाल संरक्षण समिति निर्माण गरी बाल बालिका हरुको क्षमता बिकास कार्यक्रमहरु संञ्चालन गरिनेछ ।
महिला सीमान्तकृत परिवारमा जन्मेका बच्चाहरुलाई मेगा बैंकमा रु १००० बचत हुने गरी खाता खोलिनेछ । सामुदायिक सिकाई केन्द्र मार्फत महिला साक्षर तथा सीप आर्जन कार्यमा सक्षम बनाउन तह २ को निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । महिला क्षमता विकासका निम्ति नेतृत्व, सीपमूलक, क्षमतामूलक र चेतनामूलक कार्यक्रम संचालन गरिनेछ । सूनौलो हजार दिनका आमाहरु लक्षित विशेष कार्यक्रम ल्याइनेछ । महिला जनप्रतिनिधिहरुको क्षमता बिकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक सेवा प्रवाह गर्ने संस्थामा नेतृत्व्र प्रदान गर्न चाहने महिलाहरुको रोष्टर तयार गरी समाज सेवामा महिलाको योगदान भन्ने अभियान संञ्चालन गरिनेछ ।
महिला सहकारी कार्यक्रमलाई बिशेष प्रोत्साहन दिइनेछ । महिला हिंसा, मानव बेचबिखन न्यूनीकरणका चेतना मूलक कार्यक्रम संञ्चालन गरिनेछ । सीमान्तकृत बिपन्न तथा एकल महिला लक्षित आय आर्जन कार्यक्रम सञ्चालन गरिनेछ ।
अशक्त असहाय बृद्ध तथा बिपन्न महिलाका लागि कानुनी परामर्श डेक्स स्थापना गर्ने कार्यलाई अगाडि बढाइनेछ । आदिबासी जनजाति आदिबासी जनजातिका भाषा, संस्कृति भेषभूषा संरक्षण गर्न सम्भाब्यता अध्ययन गरिनेछ । आदिबासी जनजाति, मुस्लिम तथा अल्पसंख्यक जातिको जीवन स्तर सुधार सम्बन्धी बिशेष कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ । आदिबासी जनजातिका पुरातात्विक बस्तु, संग्रा्रलय स्थापन गर्न पहल गरिनेछ। अपाङ्ग उत्थान
सबै भौतिक पुर्बाधार निर्माण कार्यलाई अपाङ्गतामैत्री बनाइनेछ । अपाङ्गतामैत्री स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिनेछ । अपाङ्गता ब्यक्ति सेवा केन्द्रित संघ संस्था स्थापना गर्न प्रोत्साहित गरिनेछ । अपाङ्गता भएका व्यक्तिले व्यवसाय गर्न चाहेमा रु १ लाख सम्म निब्र्याजी ऋण उपलब्ध गराइनेछ । अपाङ्गता परिचयपत्र कार्ड तुरुन्त वितरण गरिनेछ ।
आर्थिक विकास “उद्घोष ः आर्थिक सम्वृद्धिको पूर्वाधार व्यावसायिक कृषिमा व्यापक सुधार” कृषि ‘आर्थिक समृद्धिको पूर्वाधार व्यावसायिक कृषिमा व्यापक सुधार ’ भन्ने मूल नारा केन्द्रित कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।
एक वडा एक कृषि व्यवसायलाई कार्यान्वयनमा ल्याइनेछ । कम्तिमा एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइनेछ । कृषि पकेट क्षेत्र निर्धारण गरी हावापानी अनुकुल फलफूल खेती र तरकारी खेतीलाई व्यावसायिक ढंगले गर्ने कृषकलाई प्रोत्साहनमूलक अनुदानको व्यवस्था गरिनेछ । फलफुलमा एभोगाडो खेतीलाई विशेष प्राथमिकता दिइनेछ । कृषिको विविध विषयगत क्षेत्रको अध्ययन र परीक्षण गर्न कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अगाडि वढाइनेछ । खेती योग्य जमिन केन्द्रित सिंचाई कार्यक्रमलाई प्राथमिकता दिइनेछ । कृषि सडक निर्माणका लागि सर्वेक्षण कार्य अगाडि बढाइनेछ ।
प्रत्येक वडामा संकलन केन्द्र निर्माण गरी दुग्ध उत्पादन र फलफूल भण्डारण गर्ने कार्यको पूर्वाधार विकास गरिनेछ । व्यावसायिक रुपमा खेती गर्ने कृषकलाई सम्वन्धित विषयमा प्राविधिक तालिम तथा विशेष प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ । रासायनिक मलहरु सहकारी संस्था मार्फत विक्री गर्ने व्यवस्था मिलाइनेछ । स्थानीय स्तरमा जैविक वस्तुको प्रयोग गरी प्राङ्गारिक उत्पादनलाई जोड दिने कृषक तथा कृषि समुहलाई विशेष अनुदान उपलव्ध गराइनेछ । उन्नत वीउ विजन वितरणमा कृषि सहकारी मार्फत अनुदान उपलव्ध गराइनेछ । वडा तथा गाउँपालिका स्तरमा कृषक सञ्जालको गठन गरिनेछ । एक घर सानो वगैचा, एक घर एक मौरीको घार, एक घर सानो माछाको पोखरी भन्ने नीतिलाई निरन्तरता दिइनेछ । व्यावसायिक मौरीपालक किसानलाई अनुदान एवं सहुलियत दरमा सामाग्री उपलव्ध गराइनेछ । लोपोन्मुख स्थानीय वाली संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । मौरी चरन क्षेत्रलाई सहयोग पुग्ने खालका विरुवा सडक किनारा क्षेत्रमा लगाउने व्यवस्था मिलाइनेछ । सुन्तला जातका फलफूल, च्याउ, मौसमी वेमौसमी तरकारी खेतीलाई प्रोत्साहित गरिनेछ ।
व्यक्तिगत फर्म दर्ता गरी कृषि व्यवसाय सञ्चालन गर्न चाहने कृषकलाई विशेष अनुदान उपलव्ध गराइनेछ । सामुदायिक कृषि सेवा केन्द्र स्थापना प्रक्रिया अगाडि वढाइनेछ । किसान क्लवको निर्माण गरी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । उत्कृष्ट कृषक वा कृषक समुहलाई प्रोत्साहन अनुदान उपलव्ध गराउने तथा उक्त कृषक समुहलाई अवलोकन भ्रमणको अवसर उपलव्ध गराइनेछ । सामुदायिक कृषि केन्द्रको स्थापना गरी उपयुक्त प्रविधि विकास तथा प्रसार कार्यक्रम सञ्चालन गरिनेछ । भकारी सुधार कार्यक्रम वडागतरुपमा सञ्चालन गरिनेछ । प्रत्येक वडालाई एक विशेष कृषि उत्पादन क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइनेछ ।
पशु कृषिलाई व्यावसायिक वनाउन कृषि र पशुविज्ञ रहने गरी विशेष कार्यदल निर्माण गरिनेछ ।
स्थानीय डालेघाँस र उन्नत जातको घाँसको उत्पादनमा जोड दिइनेछ । पशुजन्य उत्पादनको आयात प्रतिस्थापन गर्ने नीति लिइनेछ । मासु पसललाई व्यवस्थित वनाइनेछ । पशु वीमा कार्यक्रमलाई प्रभावकारी वनाउन चेतनामुलक अभियान सञ्चालन गरिनेछ । कुखुरा पालन र बाख्रापालन व्यवसाय सञ्चालन गर्न चाहनेलाई रु १ लाखसम्मको अनुदान उपलब्ध गराइनेछ । प्रत्येक वडामा पशुविज्ञको व्यवस्था गरी समयमा नै पशुहरुको उपचार गर्ने प्रबन्ध मिलाइनेछ ।
उन्नत जातको गाईपालन गर्ने व्यवसायीलाई विशेष अनुदान उपलब्ध गराइनेछ । प्राकृतिक तथा कृतिम प्रकृयावाट पशुको नश्ल सुधार गर्न अनुदानको व्यवस्था गरिनेछ साझेदारीमा पशु व्यवसाय सञ्चालन गर्ने व्यवसायी हरुलाई नमुना अवलोकन भ्रमणको अवसर उपलब्ध गराइनेछ । सहकारी कृषि सहकारी, सामुदायिक विद्युत सहकारी, उत्पादन सहकारी, महिला सहकारी, वचत तथा क्रृण सहकारी र वहुउदेश्यीय सहकारीको क्षमता अभिवृद्धि सशक्तीकरण र व्यवस्थापन पक्षमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिनेछ । सार्वजनिक, सहकारी र निजी क्षेत्रको तीन खम्वे अर्थ नीतिलाई कार्यान्वयनमा ल्याइनेछ । कृषि उत्पादन र उपभोक्ता विचमा पुलको काम गर्ने संस्थाको रुपमा सहकारीको विकास गरिनेछ । समाजमा छरिएर रहेका सानातिना पूँजीलाई वचतमा रुपान्तरण गरी सहकारी मार्फत उत्पादनमूलक कार्यमा लगाइनेछ । वित्तीय सहकारीलाई समाजको आधारभूत तहसम्म विस्तार गरी आर्थिक सामाजिक रुपान्तरणको आधार वनाइनेछ । सहकारी सञ्चालन र व्यवस्थापनको लागि तालिम कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाभित्र सञ्चालित सवै सहकारीहरुको छाता संगठन निर्माण गरी नियमन तथा व्यवस्थापन गरिनेछ ।
पर्यटन विकास ः सत्यरुपा स्मृती उद्यान महादेवटार, जर्नेली पौवा भिमसेनथापाको धारा, हिटी चौतारा, चण्डीथान हुदै कोटकाली सम्मको पदमार्गलाई भिमसेनथापा पदमार्ग नामाकरण गरी निर्माण कार्यलाई तिब्रता दिइनेछ । एक वडा एक पार्क निर्माणको अवधारणलाई कार्यान्वयनमा ल्याइनेछ । आगामी दुई वर्ष भित्र पर्यटन गुरुयोजना तयार गरी पर्यटकीय स्थलको पहिचान र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ । धार्मिक, ऐतिहासिक तथा सांष्कृतिक पर्यटनको सम्भाव्यताको खोजी गरिनेछ । ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न होमस्टे कार्यक्रमको प्रभावकारिताको अध्ययन गरिनेछ । ऐतिहासिक कोट, मठ, मन्दिर, पार्क तथा उद्यान निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।
वुढी गण्डकी जलाशय क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । पर्यटकीय स्थलहरुलाई राष्टिय सूचना प्रणालीहरुसंग जोड्न आवश्यक कार्य प्रक्रिया अघि वढाइनेछ । एक वडा एक धार्मिक स्थल÷मन्दिरको अवधारण लागु गरिनेछ । हरेक वर्ष एक वडा २ वटा चौतारो मर्मत कार्यलाई अगाडि वढाइनेछ । मिनी चिडियाखानाको सम्भाव्यता अध्ययन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्