| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापा गाँउपालिका आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम

सामाजिक विकास क्षेत्र
“उद्घोष ः गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति भिमसेनथापा गा.पा. विकासको अग्रगती”
गाँउपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम २०७७ घोषणा गरी गुरुयोजना तयार गरी कार्यान्वयन मा ल्याइने छ । आवश्यकतामा आधारित विद्यालय, विद्यालयमा आधारित शिक्षक भन्ने नितिलाई निरन्तरता दिइनेछ । शिक्षामा सवैको पहूँच पु¥याउन आधारभूत शिक्षालाई प्रभावकारी वनाइने छ । शैक्षिक नक्साङ्कन कार्यलाई उच्च प्राथमिकता दिई विद्यालय तथा शिक्षक व्यवस्थापन गरिने छ । सि.सि. क्यामेरा जडान गरी पारदर्शी विद्यालय व्यवस्थापन प्रणाली सुरु गरिने छ । क्भ्भ् लगायत स्तरमापन परिक्षामा सर्वोत्कृष्ट हुन सफल विद्यालय हरुलाई विशेष आर्थिक अनुदान उपलब्ध गराइनेछ ।
विद्यालयहरुलाई अन्तरपालिका प्रतिस्पर्धा गर्न प्रोत्साहनमूलक अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ ।आवश्यकता विश्लेषणको आधारमा पालिका अनुदान शिक्षक व्यवस्थापनमा नियमन गरी आवश्यक विद्यालय लाई मात्र एकमुष्ट अनुदान दिने कार्यलाई निरन्तरता दिइनेछ । सिकाइ उपलब्धिको न्यूनतम मापदण्ड तोकी उत्पादकत्वमा आधारित शिक्षकलाई थप सुविधा उपलब्ध गराउने तथा सजायको व्यवस्था मिलाइनेछ । शिक्षक समेतको लगानी किटान गरी शिक्षकको पेशागत सक्षमतामा वृद्वि गर्ने शैिक्षक तालिमहरु संचालन गरिनेछ । ५ वर्षे विद्यालय सुधार योजना निर्माण गर्न अभिमुखीकरण तालिम सञ्चालन गरिने छ र यसै आ.व.मा विद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । आवश्यकता र मापदण्डमा आधारित अनुदान प्रणाली लागु गरिनेछ । विद्यालय सरसफाई एवं फोहोरहरुको व्यवस्थापन,स्वच्छ खानेपानी को व्यवस्था, प्लाष्टिक जन्य वस्तु निशेधित क्षेत्र घोषणा, अपाङ्ग तथा वालमैत्री शौचालय निर्माण, विद्यालय परिषरमा गार्डेनको व्यवस्थालाई कार्यविधि वनाई कडाईका साथ कार्यान्वयन गरिनेछ । अतिरिक्त कक्षा चलाउने मापदण्ड निर्धारण गरी वर्षे विदा लगायत अतिरिक्त पठनपाठनलाई उपलब्धिमूलक बनाइनेछ ।
कक्षा ३, ५ र ८ को स्तरमापन परीक्षा संचालन गर्न नतिजा विश्लेषणको आधारमा विद्यालयलाई थप आर्थिक प्रोत्साहन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइनेछ । अन्तराष्टिूय साक्षरता दिवस सेप्टेम्वर ८ का दिन विशेष कार्यक्रम आयोजना गरी कक्षा ३, कक्षा ५, कक्षा ८ कक्षा १० र कक्षा १२ को नतिजाको आधारमा विद्यालयगत, विषयगत शिक्षक तथा उत्कृष्ट विद्यार्थी छनौट गरी पुरस्कार र नसिहत दिने व्यवस्थालाई निरन्तरता दिइनेछ । प्रधानाध्यापकसँग कार्यम्पादन करार सम्झौता गरी न्यून उपलब्धी र अपेक्षित उपलब्धीको आधारमा पुरस्कृत एवं नसिहत दिने व्यवस्था मिलाइनेछ ।
विद्यालय व्यवस्थापन, शिक्षण विधि तथा शैक्षिक समस्या केन्द्रित शीर्षकमा लघु अनुसन्धान गर्न प्रस्ताव पेश गर्ने शिक्षक तथा कर्मचारीहरुलाई भिमसेनथापा स्मृति प्रोत्साहनमूलक अनुदान उपलब्ध गराइनेछ ।
एम. फिल. तथा विद्यावारिधि गर्न चाहने शिक्षकलाई गाउँपालिका अध्यक्ष छात्रवृत्ति उपलब्ध गराइनेछ । शिक्षकहरुको तलवभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ । माध्यम भाषा अंग्रेजी बनाउने विद्यालय केन्द्रित शिक्षक तालिमको व्यवस्था गरिनेछ । गाउँपालिका द्धारा त्रैमासिक रुपमा शैक्षिक बुलेटिन प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ ।
पालिकास्तरीय स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियालाई अगाडी वढाइनेछ । विद्यालय पुनःनिर्माण कार्य यसै आ.व. मा सम्पन्न गर्न सम्वन्धित निकायसँग सहकार्य गरिनेछ । अन्तरविद्यालय अवलोकन भ्रमण कार्यक्रम संचालनमा ल्याइनेछ । पालिका स्तरीय विषयगत समिति निर्माण गरी विषयगत सक्षमता अभिवृद्वि गर्ने कार्यक्रम संचालनमा ल्याइनेछ । बहु(प्राविधिक शिक्षालय स्थापनाको पूर्वाधार निर्माण कार्यसम्पन्न गरिनेछ । वालमैत्री गाउँपालिका घोषणा कार्यक्रम संचालन गरिनेछ । दुल्लभ बहुमुखी क्याम्पसको गुणस्तर वृद्विका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ । गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप संचालन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ । सामुदायिक सिकाइ केन्द्रहरुलाई व्यवस्थित गरी समुदायमा निरन्तर सिकाइ तथा आय(आर्जन समूहमार्फत विभिन्न क्रियाकलाप संचालन गरिनेछ । विद्यालय अनुगमन र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाइनेछ । कक्षा ६(८ का विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरिनेछ । आफ्नै सेवा क्षेत्रभित्र छोराछोरीलाई बाल कक्षामा भर्ना गर्ने अभिभावकलाई प्रतिविद्यार्थी रु ५०० उपलब्ध गराइनेछ । प्रत्येक मा.वि.मा किशोर किशोरी तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ । खेल शिक्षक, म्युजिक शिक्षक, हस्त लेखन शिक्षकहरुको घुम्तीसेवा (रोमिङ्ग सेवा) व्यवस्था गरिनेछ ।
स्वास्थ्य ः “उद्घोष ः गाउँपालिकाको शक्ति स्वस्थ्य जनशक्ति”
वडा नं. २ र ८ मा स्वास्थ्यचौकी निर्माण एवं स्थापित स्वास्थ्य सामुदायिक स्वास्थ्य इकाइहरुलाई सुदृकिरण गरिनेछ । प्रसुति सेवा घरघरमा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ । सबै स्वास्थ्य चौकीहरुमा सुरक्षित ढंगले सुत्केरी गराउने व्यवस्था मिलाइनेछ । प्रत्येकबर्थिङ सेन्टर मा गर्भवती महिला आरामकक्षको निर्माण गरिनेछ । वर्थिङ्ग सेन्टरमा कार्यरत कर्मचारीहरुलाई विशेष आर्थिक प्रोत्साहन सुविधा दिइनेछ । प्रत्येक स्वास्थ्य संस्थामा वैकल्पिक वत्तीको व्यवस्था मिलाइनेछ । सामुदायिक विद्यालयहरुलाई प्राथमिक उपचारका औषधी तथा आवश्यक उपकरणहरु उपलब्ध गराइनेछ । संघ र प्रदेश समेतको सहयोगमा १५ शैयाको अस्पताल निर्माणको गुरुयोजना तयार गरी निर्माण कार्य अघि बढाइनेछ ।
उपचार प्रक्रियालाई सहज र छिटो बनाउन एम्बुलेन्स सेवा संचालनमा ल्याइनेछ । यस गाउँपालिकाभित्र उत्पन्न हुनसक्ने प्रकोप र महामारी नियन्त्रण गर्न गाउँपालिका तथा वडागत रुपमा¥यापीड रेसपोन्स टिम खडा गरी प्रत्येक टिम लाई १ स्टूेचर र सबैस्वास्थ्यचौकीहरुलाई २÷२ स्टूेचर तथा संकटकालिन संचित औषधिको व्यवस्था मिलाइनेछ । अस्पताल वा स्वास्थ्यचौकी संस्थाबाट वच्चा जन्माउने सुत्केरी आमालाई रु. १५००÷( ( अक्षरेपी पन्ध्र सय रुपैयाँमात्र) एकमुष्ट अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ । वडागत रुपमा विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ । विपन्न, दलित, गर्भवती महिला र जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्नघरदैलो कार्यक्रम संचालन गरिनेछ । सबै विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराइनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ । गा.पा. अध्यक्ष निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्रैमासिक रुपमा ८ वडामा नै संचालन गर्ने व्यवस्था मिलाइनेछ । गा.पा. अध्यक्ष वृद्धवृद्धा स्वास्थ्य उपचार कार्यक्रम संचालन गरिनेछ । एम्वुलेन्स र सववाहनको व्यवस्था गरि विरामी उपचार तथा मृतक दाहसंस्कारमा सहजता ल्याइनेछ । एक विद्यालय एक नर्स कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन यसै वर्षवाट शुरुवात गरिनेछ ।


भाषा, कला र संस्कृति
लोक संस्कृति र कलाको संरक्षण गर्न गाउँपालिका स्तरमा कला, साहित्य र सांस्कृतिक केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ । गाउँपालिकाभित्र रहेका लेखक, कलाकार आदिको खोजी गरी उनीहरुको प्रतिभा जोगाउने र उजागर गर्ने खालका कार्यक्रमहरु संचालन गरिनेछ । लेखक तथा साहित्यकारहरुको साहित्यिक रचना प्रकाशन गर्न प्रोत्साहन गरिनेछ । पुरातात्विक सम्ंपदाका रुपमा रहेका मठ(मन्दिर, मदर्शा, पाटी पौवा, गुठीहरुको व्यवस्थापन कार्यमा जोड दिइनेछ । गा.पा. भित्रका राष्टिूय स्तरका साहित्यकार र कलाकारहरुको जमघट गरी साहित्यकार र कलाकार सम्मेलन कार्यक्रम गरिनेछ । कला, साहित्य र संस्कृति केन्द्रित कार्य गर्ने गरी सामाजिक संघ संस्थाहरु स्थापना गर्न विशेष प्रोत्साहित गरिनेछ । भिमसेनथापा स्मारक र संग्रालय निर्माण कार्यका लागि आवश्यक गुरुयोजना तयार गरी यसै आर्थिक वर्षमा पुर्वाधार तयार गरिनेछ । साथै भिमसेन थापाको घर घडेरी स्थलमा पुर्ण कदको प्रतिमा स्थापना गर्ने तथा सत्यरुपा स्मृती उद्यान देखी वोर्लाङ्ग कोटकाली सम्म भिमसेनथापा पद मार्ग निर्माणको शुरुवात गरिने छ । तान्द्राङ्गकोट पदमार्ग निर्माण गरी पर्यटकीय स्थलको रुपमा विकसित गरिनेछ । एक वडा दुई मन्दिर निर्माण कार्य अघि बढाइनेछ । पुराना चौतारा संरक्षण कार्यक्रम ल्याइनेछ । काशीघाटमा पशुपति नाथको मन्दिर निर्माण गरी शिवरात्रिमा विशेष मेलाको आयोजना गरिनेछ । तान्द्राङको सिद्दकाली मन्दिर,अश्राङको चण्डी मन्दिर,धावाको इतला पोखरी र मसेलको ठूलोपोखरी निर्माणमा बजेट विनियोजन गरिनेछ । भाषा, कला र संस्कृति लगायतको संरक्षण गर्न पौष महिनामा ७ दिने भिमसेनथापा महोत्सव संचालन गरिनेछ । जाति बिशेषको धार्मिक र सांस्कृतिक अनुष्ठानका लागि बिशेष अनुदान उपलब्ध गराइनेछ । भाषा सम्बद्ध कृतिप्रकाशन गर्न विशेष प्रोत्त्साहित गरिनेछ ।
खानेपानी तथा सरसफाइ
“उद्घोष ः एक घर एक धारा गाउँपालिकाको अभिभारा”
गाउँपालिका भित्र एक घर एक धारा मुल नारालाई सार्थक वनाउन वजेटको प्रर्याप्त व्यवस्था गरिनेछ । संचालित खानेपानी योजनाको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । मुहान दर्ता, उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यलाई कार्यविधि वनाई कायान्वयनमा ल्याइनेछ । सबै पानीका मूहानहरु ब्यवस्थित गर्न र लिफ्टिङ आयोजनाहरु छिटो पूरा गरिनेछ ।
डि.पि.आर भइसकेका ठुला खानेपानी योजनाहरुको निर्माण कार्य यसै आ.व.मा प्रारम्भ गरिनेछ । सम्भाव्य महत्वपूर्ण खानेपानी योजनाको डि.पि.आर कार्य यसै वर्षमा सम्पन्न गरी निर्माण प्रक्रियामा लगिनेछ । खानेपानीका पहुँचभन्दा बाहिर रहेका बस्ती बिशेषमा श्रीघ कार्यक्रम सञ्चालन गरिनेछ । मुख्य बजार तथा बस्तीहरुमा फोहोर जम्मा गर्ने डस्टबिन राखी उचित ठाउँम फोहोर संकलन र ब्यबस्थापन गरिनेछ । प्रत्येक वडामा टोलगत रुपमा टोल सुधार समिति गठन गरी समितिको नेतृत्वमा विभिन्न संस्थाको सहयोग लिई स्थानीय जनताको संलग्नतामा टोल बस्ती सरसफाइ अभियान सञ्चालन गरिनेछ । प्रत्येक वडा एक उत्कृष्ट सफा घर प्रत्येक बिद्यालय एक उत्कृष्ट सफा बिद्यार्थी छनौट गरी पुरस्कारको व्यबस्था गरिनेछ । सार्बजानिक स्थल सडक क्षेत्रमा फोहोर फाल्ने ब्यक्तिलाई उपयुक्त मापदण्ड बनाई दण्ड सजाय ब्यवस्था गरिनेछ । हरेक वडामा सञ्चालित खानेपानी योजनाहरुको बजेटको १ प्रतिशत रकम खानेपानी तथा सरसफाइ सम्भार कोषमा जम्मा गर्ने नीति लिइनेछ ।

प्रतिक्रिया दिनुहोस्