| आइतवार, कार्तिक २२, २०८३

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरु

 

गोरखा जिल्ला स्तरीय राष्टूपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका ८ को सरस्वती मावि आहालेमा एक कार्यक्रमका बिच प्रतिनिधिसभाका सांसद चूडामणि खड्काले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पालुङटार नगरपालिका बाहेकका जिल्लाका १० स्थानीय तहबाट छनौट भएका विद्यार्थी सहभागी छन् ।

प्रतियोगितामा एथलेटिक्स, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो लगायत ३० विधामा छात्रछात्राविच प्रतिस्पर्धा हुनेछ । उनीहरुले दुई शय २६ पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजक जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं वस्न्यातले बताए ।

विद्यार्थीले प्राप्त गरेको पदक संख्याका आधारमा उत्कृष्ट विद्यालय चयन गरिने उनको भनाई छ छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी गण्डकी प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।


सोही कार्यक्रममा एथलेटिक्स प्रशिक्षक एवम् साफ च्याम्पियन टीकाबहादुर बोगटी र कराँतेका प्रशिक्षक घ्याच्चो लामालाई सम्मान गरिएको छ । उद्घाटन कार्यक्रमका क्रममा भएको मार्चपासमा उत्कृष्ट हुने भिमसेन थापा गाऊँपालिकालाई पुरस्कृत गरिएको छ ।
राष्टूपति रनिङ शिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष ध्रुव भट्ट, गोरखा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष कृष्णबहादुर केसी, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमका बक्ताहरुले प्रतियोगिता आयोजना गर्ने समय उपयुक्त नभएको भन्दै टिप्पणी गरेका थिए ।

उनिहरुले खेलले ब्यक्तिलाई अनुशासीत बनाउन मद्धत पु¥याउने भदै जिम्मेवार रुपमा आफ्नो कला र प्रतिभा प्रदर्शन गर्न सहभागी विद्यार्थी हरुलाई आग्रह गरे । प्रतियोगिता असार २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्