
बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम
१. सडक
गाउँपालिका भित्र सडक संजालले नछोएका सम्पूर्ण वस्तिहरुमा सडक संजाल पु¥याउने काम सम्पन्न भएकोले अब क्रमश स्तर वृद्धिको नीति लिईनेछ । “एक वार्ड एक मुख्य सडक” को निति अन्तरगत गाउँपालिकाको सवै वडाहरुको केन्द्रलाई जोड्ने सडकलाई विशेष प्राथमिकता दिईनेछ । मुख्य सडकहरुलाई बाह्रै महिना गाडी संचालन गर्न सकिने गरी स्तरोन्नति गरिनेछ । म्त्ःएले तय गरेको सडक मापदण्ड लाई कडाईपूर्वक कार्यान्वयन गरी व्यवस्थित सडक संजाल निर्माणमा जोड दिईनेछ ।सडक संजाललाई उत्पादन एवं रोजगारी सँग जोड्न विशेष पहल गरिनेछ ।
२. ऊर्जा तथा विद्युत
गाउँपालिका क्षेत्रभित्र विगतमा लघु जलविद्युत, सौर्यवत्ती तथा सुधारिएको चुलोको प्रयोग व्यापक रुपमा गरिएको छ, जुन असाध्यै सराहनीय छ, वातावरणमैत्री उर्जाको प्रयोग मार्फत यस गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत सम्पूर्ण दातृ संस्था, नेपाल सरकार, यस क्षेत्रका सम्पूर्ण जनता तथा सरोकारवालाहरुलाई प्रोत्साहन तथा सराहना गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्युतको राष्टिूय प्रशारण लाईनमा नजोडिएका क्षेत्रहरुमा यथासिघ्र राष्टिूय प्रशारण लाईनमा जोड्ने काम अगाडि बढिरहेको छ । यसलाई समयमा सम्पन्न गर्न पहल गरिनेछ । उज्यालो नेपाल अभियान अन्तगर्त जनताको लागि जनताको आम्दानी भन्ने नीति अनुरुप गाउँपालिका भित्रका सम्भावित विद्युत उत्पादनका क्षेत्र पहिचान गरी जनसमुदायको सहभागितामा जलविद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । दरौंदी, हँुडीखोला, स्थुलखोला, रामरुङ्ग खोलाको पानीको श्रोतको भरपुर प्रयोग गरिनेछ ।केन्द्रिय विद्युत लाईनलाई विस्तार गरी क्रमश काठे पोललाई फलामे पोल ले विस्थापन गरिनेछ वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
३. संचार
सर्वसाधरणलाई सर्वसुलभ ढंगले सूचना, संचार र इन्टरनेटमा पहुँच पु¥याउन माथिल्लो सरकारहरु सँग आवश्यक समन्वय गरिनेछ । सवै वार्ड कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयहरुमा, यसै वर्ष इन्टरनेट सेवाउपलब्ध गराउनेछ ।
४. कृषि तथा पशु
गाउँपालिकामा बारपाक, सौरपानी, स्वाँरा र ता.मा.ला.बोट मा अलैंची, आलु र अल्लो तथा ता.मा.ला.बोट, ताकुकोट, देउरालीमा तरकारी, कफी, फलफूल तथा मसलाबाली संभाव्यता अध्ययान गरी पकेट क्षेत्र घोषणा गर्दै जाने र आवश्यक सहयोग उपलब्ध गराईनेछ । यसकालागी माटो परिक्षण लगायतका कामहरलाई अगाडि वढाईनेछ ।कृषक हरुलाई कृषि मल, विउविजन, उन्नत जातका पशुचौपायाको व्यवस्था गरिनेछ । स्थानीय खोलामा आधुनिक माछापालनको निम्ति प्रोत्साहन गर्ने निति लिईनेछ । तरकारी खेती, मत्स्यपालन, मौरीपालन, च्याउनखेती, कुखुरापालन, बाख्रापालन आदिमा युवाहरुलाई आकर्षित गर्न युवा लक्षित कार्यक्रम संचालन को लागि कोष स्थापना गरी लागत सहभागिताको आधारमा अनुदान तथा सहुलियत ऋणको व्यवस्था गरिनेछ । व्यवसायिक रुपमा जडिबुटि जन्य खेति प्रणाली लाई विशेष प्रोत्साहन गरिनेछ ।
रोजगारमुलक कृषि व्यवसाय संचालनको विशेष कार्यक्रम ल्याइनेछ । बजारमुखी कृषि र पशु पालन पद्धतिको विकास गरि कृषक÷युवा उद्यमीलाई कृषिमा आकर्षित गरिनेछ । कृषि क्षेत्रको विकाशकोलागी गुरुयोजना निमार्ण गरि व्यवस्थित गर्ने प्रयास गरिनेछ । एक घर एक फलफूल, एक घर एक करेशाबारी, एक वडा एक कृषि संकलन केन्द्र स्थापनाको निति लिईनेछ ।
५. पर्यटन
गाउँपालिका भित्रको पर्यटन गुरुयोजना बनाई व्यवस्थित पर्यटन विकास एवं प्रवद्र्धनको कामलाई जोड दिइनेछ । भुकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भुकम्पमा परी मृत्यु भएकाहरुको सम्झानामा बन्दै गरेको भुकम्प स्मृति पार्कलाई सम्पन्न गर्ने कुरामा जोड गरिनेछ । बारपाकलाई भुकम्प अध्ययन स्थलका रुपमा विकास गरिनेछ ।गाउँपालिकामा बन्ने सवै संरचनाहरु (कुनै एक गाउँको घरहरु एकै नासको÷रुपको बनाउने) र विकासका पुर्वाधारहरु पर्यटन विकासको निम्ति उपयुक्त किसिमको बनाउदै लैजाने निति लिइनेछ । गजे घले लगायत विश्व युद्धहरुमा लडेका बारपाक(सुलिकोट क्षेत्रका साहसी व्यक्तिहरु, बारपाक भुकम्प, जैविक सम्पदाहरु र जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेल लगाएत अन्य शहिदहरु तथा युद्धका अन्य पक्षहरुलाई समेटेर यस गाउँपालिकालाई उत्कृष्ठ शैक्षिक भ्रमण को गन्तव्यको रुपमा विकासित गर्ने नीति लिइनेछ । पर्या(पर्यटनको ९भ्अय(तयगचष्कm० एक आकर्षक गन्तव्यको रुपमा विकसित गर्नको लागि सवै खाले प्लास्टिकका सामानहरु, प्याकेजहरु, प्रयोग निरुत्साहित÷कम÷निषेध गर्ने निति लिइनेछ । घरेलु विभिन्न उद्योगहरु, स्थानिय सिपमा आधारित ह्याण्डिक्राफ्ट र कृषि लगायत क्षेत्रहरुलाई पर्यटनसँग जोडेर बहुउपयोगीतरिकाले प्रयोग÷विस्तार गर्ने निति लिइनेछ । एक गाउँ एकउद्यान,एक गाउँ एक होमस्टे निति कार्यान्वयन गरि पर्यटन क्षेत्रको लाभलाई ग्रामीण तह सम्म पु¥याई ग्रामीण पर्यटन विकास गरिनेछ ।
पर्यटनको लाभ गाउँपालिकाका सवै जनतामा समतामुलकले पुग्न सक्ने गरि कार्यक्रमहरु तय गरिनेछ ।
गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न सूचनामूलक द्यचयअजगचभतयार गरिनेछ । सुलिकोट, बारपाक, ताकुकोट, सिता गुफा जस्ता ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । देउराली सुलिकोट धार्चे हुँदै मनास्लु हिमाल पासको लागि पर्यटन पदमार्ग निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गरिनेछ ।
६. सहकारी तथा वित्तिय क्षेत्र
सहकारी संस्थाहरुको व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न तालिमको व्यवस्था गरिनेछ । सहकारी संस्थालाई कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा परिचालन गरि आर्यआर्जन गर्न तर्फ प्रेरित गरिनेछ ।
७. शिक्षा
शिक्षामा विभेद अन्त्य गर्न सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाईनेछ । त्यसको लागि बाल कक्षा देखि नै विद्यार्थीहरुमा विशेष लगानी गर्ने निति लिईनेछ । दिवा खाजा र सहजकर्ताहरुको उपयुक्त पारिश्रमिक व्यवस्था गरिनेछ । पुस्तकालय निर्माण, शिक्षक कर्मचारीलाई आवश्यक तालिमा१ प्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यक पहलकदमी गरिनेछ । शैक्षिक क्रियाकलापहरु विद्यार्थी मैत्री बनाउन र गाउँपालिकाको बारेमा जानकारी गराउँन स्थानीय सरकार कार्यक्रम संचालन गरिनेछ । शैक्षिक क्यालेन्डर मार्फत सवै शैक्षिक एवं अतिरिक्त क्रियाकलापहरुलाई व्यवस्थित गरिनेछ । विद्यार्थी संख्याको आधारमा दरबन्दी कम हुने विद्यालयलाई एकमुष्ट तलबी अनुदान प्रदान गर्ने निति लिइनेछ । एक विद्यालय एक पुस्तकालय, एक वार्ड एक सामुदायिक पुस्तकालय, एक मा.वि. एक फूलबारीनिर्माण गर्ने निति लिईनेछ । गाउँपालिका भित्रका विद्यालय हरुमा अध्ययनरत विद्यार्थी हरुको प्रतिभा प्रर्दशनी, शैक्षिक प्रर्दशनी मार्फत सुलिकोटको प्रतिभा खोज अभियान संचालन गरिनेछ ।
८.स्वास्थ्य
केन्द्रिय योजना अन्तर्गत रही तत्काल गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापनाको लागि जग्गा प्राप्तिको काम सकिएकाले अव भवन निर्माण लगायतका कामलाई अघि बढाईनेछ ।
महामारी जन्य समस्या कम गर्न कोष स्थापना गरी आवश्कय औषधी र जनशक्ति परिचालनको व्यवस्था गरिनेछ भने नसर्ने रोगहरुको पहिचान र रोकथामको लागि घुम्ती ल्याव सेवाको व्यवस्था गरिनेछ । सुत्केरीहरुलाई सुरक्षित प्रसुतिको लागि प्रोत्साहन दिने निति लिईनेछ । फ्रि होम डेलिभरी गाउँपालिका बनाईनेछ ।स्थानीय स्वास्थ्य संस्थामा प्रसुती गराउन जटिलता आएमा सदरमुकाम सम्म निःशुल्क एम्बुलेन्स सेवा व्यवस्था गरिनेछ । साथै गर्भवती महिलाहरुको पोषणमा सुधार ल्याउन सुलिकोटको गर्भवती चेली(उपाध्यक्षको कोसेलीकार्यक्रम मार्फत पोषण सुधारको लागि सहयोग गरिनेछ ।
स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम र सरसफाईमा विशेष जोड दिईनेछ । नेपाल सरकारको नागरिक स्वास्थ्य विमा कार्यक्रम, म स्वस्थ मेरो गाउँपालिका स्वस्थ जस्ता कार्यक्रमहरुलाई अगाडि ल्याइनेछ । वाल मृत्युदर तथा मातृमृत्युदर घटाउन महिला स्वयंसेविकाहरु परिचालन, ग्रा.स्व.का.हरु परिचालन गर्न थप पहल गरिनेछ ।
युवा युवतीहरुको लागि यौन तथा एच.आइ.भिं एड्स शिक्षा, सरुवा रोगहरुको नियन्त्रणका लागि प्रचारप्रसार लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । म.स्वा.स्वयं. से.हरुलाई थप प्रोत्साहन एवं परिचालन लिने निति लिईनेछ । विद्यार्थी सँग स्वास्थ्यकर्मी कार्यक्रम मार्फतविद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाप्रदान गर्ने निति लिईनेछ । ८० वर्ष माथिकाह वृद्धहरु एवं “क” वर्गका अपाङ्गहरु को घरमा नै नियमित स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइनछे । स्वास्थ्य विमा बारे आमजनसमुदाय लाई जानकारी दिई सहभागिता जनाउने निति गराउनेछ ।
९.युवा खेलकुद तथा मनोरञ्जन
“समृद्धिको अभियान युवाको योगदान” भन्ने सोचलाई कार्यान्वयन गर्ने निति लिइनेछ । सवै वार्डहरुमा कम्तिमा एक÷एक वटा खेलमैदान निर्माणलाई जोड दिइनेछ ।
शारीरिक तथा मानसिक स्वास्थ्यलाई टेवा पु¥याउने खालका विभिन्न खेलकुद प्रतियोगिता संचालनमा जोड दिईनेछ । गा.पा. स्तरीय खेलमैदान रंगशाला निर्माणमा जोड दिनेछ । विभिन्न खेलकुद प्रतियोगिता मार्फत गाउँपालिकाको पहिचानलाई उच्च पार्दै आन्तरिक र वाह्य पर्यटनलाई प्रवद्धन गर्ने निति लिईनेछ ।
१०.लैङ्गिक समनाता तथा सामाजिक समावेशीकरण
लैङ्गीक हिंसा न्यूनिकरण गर्न लैङ्गिक हिंसा विरुद्ध गा.पा. उपाध्यक्ष कार्यक्रमलाईनिरन्तरता दिइ थप व्यवस्थित बनाईनेछ । न्यायिक समितिलाई थप सबल बनाई जनतामा न्याय र सुसासनको प्रत्याभूति दिन विशेष जोड दिईनेछ । यस क्षेत्रमा रहेका दलित, अपांग, महिला,वालवालिका, अलपसंख्यक लगायत लक्षित वर्गका लागि सशक्तिकरण गर्ने खालका कार्यक्रमहरु ल्याइनेछ । अवको विकास अपांगमैत्री, महिलामैत्री बनाउने तर्फ नीति अङ्गिकार गरिनेछ ।
अपांगता भएका बालबालिकाको लागि विद्यालयमा छात्रवृत्ति दिने, दलित समुदायलाई गरिँदै आएको सामाजिक विभेदको अन्त्य गर्ने आलका कार्यक्रमहरु संचालनमा ल्याइनेछ साथै आदिवासी जनजाति, लोपोन्मुख समुदाय तथा अल्प संख्यकहरुलाई समेत विकासको मुलधारमा ल्याउन पहल गरिनेछ । महिला शसक्तीकरण तथा आय आर्जन विकास सम्बन्धि कार्यक्रम लाई प्राथमिकतामा राखिनेछ । साँस्कृतिक पात्रो निर्माण गरि गाउँ पालिका भित्रका विभिन्न साँस्कृतिक पर्वहरुको प्रवद्धन विकास गर्ने निति लिइनेछ ।
सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरुको विवरण अद्यावधिक गरिनेछ । यस कार्यक्रम संघीय सरकार मार्फत संचालन हुने भएपनि लाभग्राहीहरुको विवरण अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा रकम समयमा नै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।
बालमैत्री गाउँपालिका घोषणाको लागि आवश्यक तयारीको निति अवलम्बन गरिनेछ ।
एक वार्ड एक बालउद्यान, एक वार्ड एक वृद्ध दिवा आश्रम आदि निर्माण को निति लिइनेछ । साविकका वडा नागरिक मंचलाई टोल नागरिक मंचको रुपमा रुपान्तरित गर्दै व्यापक जनसहभागितालाई व्यव स्थित गरिनेछ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय गरी उनीहरुका कार्यक्रम लाई व्यवस्थित र पारदर्शी बनाउन प्रयन्त गरिनेछ । अर्मूत साँस्कृतिक सम्पदाको पूर्ण विवरण ९क्ष्लखभलतयचथ० तयार गरिनेछ ।
बाँकी आइतबारको अंकमा प्रकाशीत गरिनेछ ।
११. खानेपानी तथा सरसफाई
क) गाउँपालिका भित्रका जनतालाई सुरक्षित खानेपानीको प्रबन्ध मिलाउनका लागि पहल गरिनेछ । खानेपानीको अभाव भएका वस्तीहरुमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउन खानेपानी आयोजनाहरु संचालन गरिनेछ ।
ख) साविक खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत संचालनमा रहेका वहुवर्षिय आयोजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न थप पहल गरिनेछ । फोहोरमैला व्यवस्थापन गर्ने, खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने, सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने तथा यस सम्बन्धमा सफा र स्वच्छ खानेपानी, सुलिकोटको शान नारा लाई मुर्तरुप दिन कार्यक्रमहरु ल्याइनेछ ।
ग) आगामी २ वर्ष भित्र गा.पा. भित्रका सवै घरमा एक घर एक धारा करेसाबारी हराभराको निति अनुरुप प्रत्येक टोलमा खानेपानी पु¥याइनेछ जोड गरिनेछ ।
घ) बजार र बस्तिहरुमा आवश्यकता अनुसार फोहोर संकलन र सार्वजनिक शौचालय निर्माणमा जोड दिईनेछ ।
ङ) बारपाक गाउँको ढल निकास र सरसफाईलाई विशेष प्राथमिकता दिईनेछ । विशेष कार्यक्रम मार्फत दिशा खुल्ला रुपमा छोड्ने कामलाई कडाईका साथ रोकिनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन
१२. वन तथा वातावरण
क) सामुदायिक वन उपभोक्ता समूहहरुलाई वन, वातावरणको सुरक्षा एवं स्थानीय सरकारको भूमिका बारे अभिमुखीकरण गर्ने निति लिइनेछ । सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत सुदृढीकरण तथा सुशासन कायम गरिनेछ ।
ख) एक वडा एक नर्सरी,एक समूह एक वृक्षारोपण कार्यक्रम,एक व्यक्ति एक विरुवा रोपण कार्यक्रमलाई अगाडि बढाईनेछ ।
ग) भुक्षयबाट वातावरण र कृषि उत्पादनमा हुने असर न्युनिकरण गर्न आवश्यक तयारी गरिनेछ ।
घ) विकास निर्माणका काम गर्दा दिगो विकासको अवधारणा अवलम्बन गर्दै वातावरण संरक्षण कोष तथा प्रकोप उत्थान कोष निर्माण गरिनेछ ।
ङ) जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्षयमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधिहरुलाई प्रोत्साहन गरिनेछ । जलवायु अनुकुलित विकास कार्यक्रमहरु संचालन गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्न पहल गरिनेछ ।
च) एक टोल एक पोखरीको निति अन्तरगत लोप भईरहेको पोखरी तथा आहालहरुलाई पुनः खन्न लगाई बर्खाको पानी संकलन गर्ने कामलाई जोड दिईनेछ ।
सुशासन तथा संस्थागत विकास
१३. सुशासन तथा संस्थागत विकास सेवा प्रवाह
क) मानव संसाधन विकासमा जोड दिईनेछ । कार्यालयमा अभिलेखीकरणको लागि एबउभचभिककन्यखभचलबलअभस्थापित गर्न विद्युतीय सूचनाको प्रयोग गरिनेछ । कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरु मार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरु मार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।
ख) यस गाउँपालिका तथा अन्तर्गत काम गर्ने कर्मचारीहरुलाई काम गर्ने खालको वातावरण सिर्जना गरिनेछ, यस क्षेत्रमा कर्मचारी सँभै बस्ने, गाउँवासीको पीरमर्का सुन्ने, जनताको सेवाभाव जागृत गराउने र गाउँपालिकाको निर्णयहरुलाई अक्षरसः कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाईनेछ । विकट भौगोलिक क्षेत्रमा आई काम गर्नुपर्ने बाध्यता भएकाले यथासक्य प्रोत्साहन भत्ताको व्यवस्था मिलाउने तर्फ पहल गरिनेछ ।
ग)कार्यालयको काम र जनताको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विद्युतिय हाजिरी प्रणालीलाई लागू गर्ने बारे आवश्यक पहल गरिनेछ ।
१४. पुननिर्माण तथा नवनिर्माण
क) भुकम्पले क्षति पु¥याएका घरहरुको पुन निर्माणमा भएका कार्यको प्रगति अभिलेखका आधारमा राहतको राम्रो उपयोग गर्न नसकेका, राहत पाउन नसकेका, ढिला भएका, छुटेका र अन्य समस्या भएका व्यक्तिहरुलाई सहयोग र समन्वय गरिनेछ र गुनासो फरछ्यौटलाई यसै वर्ष निष्कर्षमा पु¥याउने जोड गरिनेछ ।
ख) व्यवस्थित ढंगले चलिरहेको आवास पुननिर्माण अभियानलाई पूर्णता दिन पुननिर्माणको गतिलाई तिव्रता दिईनेछ ।
ग) बाँकी रहेका भुकम्पबाट भत्किएका सामुदायिक, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य चौकी ऐतिहासिक धार्मिक तथा साँस्कृतिक धरोहरहरुको विभिन्न श्रोतहरु जुटाई तत्काल पुन निर्माण गरिनेछ ।
१५. स्थानीय तह संस्थागत गर्ने सम्बन्धी
क) बारपाक सुलिकोट गाउँपालिकाको स्थानीय सरकारले विकट भौगोलिक अवस्थितिमा रहेको यस गाउँपालिकामा सर्वसाधरण जनताले प्रत्यक्ष अनुभुत गर्ने खालका योजना तर्जुमा गर्ने, स्थानीय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारित यस क्षेत्रको माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु संचालन गरी यस क्षेत्रका जनताको जिवनस्तरमा सुधार गर्ने प्रमुख नीति लिएको छ ।
ख) गाउँपालिका तथा वडाका केन्द्रहरुमा आवश्यक पर्ने भवन तथा भौतिक पूर्वाधार समयमा नै निर्माण गर्न पहल गरिनेछ । यसका लागि अघिबढि रहेको जग्गा प्राप्ति लगायतका कामलाई समयमा नै सम्पन्न गरिनेछ ।
ग) सार्वजनिक सुविधाको लागि गाउँपालिका भित्र आवश्यक बजार विस्तारको लागि पहल गरिनेछ । खाद्यान्न निमार्ण सामाग्री आदिको मुल्यमा भएको असन्तुलन र अराजकतालाई रोक्न आवश्यक प्रयत्न गरिनेछ ।
घ) स्थानिय तहलाई प्राप्त संवैधानिक अधिकार अनुसार एकल अधिकार सूिच भित्रका क्षेत्रहरु सँग सम्बन्धित कामलाई व्यवस्थित गर्न स्थानीय कानुन निर्माण र लागु गर्ने काममा विशेष पहल लिईनेछ ।
१६. “गाउँपालिका अध्यक्ष गरिबिकरण कार्यक्रम” मार्फत युवाहरुलाई तालिम, सहुलियत ऋण एवं सापटी मार्फत रोजगार स्थापना जोड दिईनेछ ।
यस गाउँक्षेत्रका युवाहरुमा वेरोजगारीको दर उच्च छ, सक्रिय जनसंख्याको हिस्सा उच्च हुँदा पनि उक्त युवा जनशक्तिलाई रोजगारी प्रदान गर्न नसकिँदा एकातर्फ गरिबी न्युनीकरण हुन सकिरहेको छैन भने अर्कातर्फ उपलब्ध स्रोत साधनका समुचित परिचालन हुन नसकेको तीतो यथार्थ हाम्रो सामु छ । युवाहरुलाई उपलब्ध स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जना मार्फत गरिबी न्युनीकरण गर्ने, युवाहरुलाई सिर्जनात्मक कार्यहरुमा उत्प्रेरित गर्ने, खेलकुदतर्फ प्रोत्साहन गर्ने खालका युवालक्षित कार्यक्रमहरु ल्याइने छ ।
१७एक घर एक रोजगारको निति लिई कार्यान्वयन गर्ने गरी पहलकदमी अगाडि बढाईनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यहि मान्यतामा राखी व्यवस्थति गर्ने काम गरिनेछ ।
यस वर्षलाई बारपाक सुलिकोट गाउँपालिकाको निती तथा पुर्वधार विस्तार वर्षको रुपमा मनाईनेछ।गाउँपालिका क्षेत्रभित्रका लागि तय गरिएको राजश्व उठाउने तर्फ पनि उत्तिकै पहल गरिनुका साथै दिगो विकासको अवधारणलाई आत्मसात गर्दै आर्थिक वर्षको सुरुमा नै योजना बनाएर काम गर्न सुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रमहरु सम्पन्न गरिनेछ । अन्तमा यस निति तथा कार्यक्रम मार्फत आएको वार्षिक कार्यक्रम कार्यान्वयन गर्न सहयोग, समन्वय गर्नुहुनको लागि सम्पूर्ण राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, बुद्धिजिवीहरु, पत्रकारहरु, कर्मचारीहरु र सम्पूर्ण बारपाक सुलिकोट बासी जनताहरुमा हार्दिक अनुरोध गर्दै यो निति तथा कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
धन्यवाद ।




