| आइतवार, कार्तिक २२, २०८३

कार्यालय समयमै मापसे गर्ने गोरखाका एसपी रावलको सुर्खेत सरुवा

 

कार्यालय समयमै मादक पदार्थ सेवन गरेको आरोप लागेका गोरखाका प्रहरी प्रमुख एसपी भोला रावललाई प्रहरी प्रधान कार्यालयले सुर्खेत सरुवा गरेको छ । शुक्रबार पत्राचार गरी एसपी रावललाई प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआईजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
‘हेडक्वाटरले उहाँको सरुवा गर्दिसक्यो । त्यो जानकारी उहाँलाई भैसक्यो’, डिआईजी घिमिरेले भने, ‘अब गोरखामा अपराध महाशाखाबाट ओमप्रसाद अधिकारी आउँदै हुनुहुन्छ ।’
प्रदेश प्रहरी कार्यालयले छड्के चेकजाँच गर्दा एसपी रावलको कार्यालय समयभित्रै मादक पदार्थ सेवन गरी काममा लापार्बाही गरेको प्रमाणित भएको डिआइजी घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्