
लुइँटेलको स्कूल बनाउने क्रममा एक मजदुरको मृत्यु
पालुङटार नगरपालिकाको अमरज्योति जनता माविको भवन निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ ।
बुधबार भवन निर्माणका क्रममा लडेर कास्कीका ३६ बर्षीय मनोज कौडालको मुत्यु भएको हो । तीन तला माथिबाट सडकमा खसेका उनको उपचारका क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीले जनाएको छ ।




