| सोमवार, कार्तिक २३, २०८३

नवज्योति माविमा विपन्न विद्यार्थी अक्षयकोष स्थापना

गोरखाको भिमसेन गाँऊपालीका वडा नम्वर ३ तान्द्राङस्थित नवज्योति माध्यमिक विद्यालयमा विपन्न बिद्यार्थी अक्षयकोष स्थापना भएको छ ।

हाल अमेरिकामा बसोबास गर्दै आएका सो विद्यालयका पूर्व विद्यार्थी कृष्णप्रसाद भट्टको पहलमा अक्षयकोष स्थापना भएको हो ।

अमेरिकामा विभिन्न पेशा, व्यवसायमा आवद्ध ६८ नेपालीहरुबाट २ हजार ६ शय ३१ अमेरिकी डलर विद्यालयलाई उपलब्ध गराइएको हो । सो मध्ये दुई लाख रुपैयाको विपन्न बिद्यार्थी कोष र ८४ हजार नेपाली रकमबाट १३५ जना बिद्यार्थीलाई झोला वितरण गरिएको विद्यालयले जनाएको छ ।

अक्षयकोषको रकम बैक खातामा जम्मा गरी प्राप्त हुने व्याजबाट हरेक वर्ष विपन्न बिद्यार्थी छनोट गरी शैक्षिक सामग्री उपलब्ध गराउने प्रधानाध्यापक ठाकुर लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्