| आइतवार, कार्तिक २२, २०८३

किसानले पाउने अण्डाको मूल्य बढ्यो

दरौंदी ः नेपाल अण्डा उत्पादक संघले शनिबारदेखि लागू हुने गरी किसानले प्राप्त गर्ने ठूलो र मध्यम खालको अण्डाको मूल्यमा प्रतिक्रेट ५५ रुपैयाँ वृद्धि गरेको हो ।
यसअघि मध्यम अण्डाबाट कृषकले प्रति क्रेट ११५ र ठूलो अण्डाबाट २०० रुपैयाँ पाउँदै आएका थिए । उत्पादन बढेसंगै लागतको तुलनामा अण्डाको मोल नपाएकाले मूल्य बढाएको अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कंडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्