
पालुङटार नगरपालिकाको पांचौ नगरसभामा मेयर दिपकबाबु कडेंलले पेश गरेका आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रमहरु :
उप प्रमुखज्यू,
सम्पूर्ण नगरसभा सदस्ययूहरु,
आगामी आ.व. २०७६/०७७ को लागि म यस नगरपालिकाले बिभिन्न क्षेत्रहरुमा अवलम्बन गर्ने क्षेत्रगत नीति, प्राथमिकता तथा कार्यक्रम उल्लेख गर्न चाहन्छु ।
भौतिक पूर्बाधार विकास तर्फ :
पर्याप्त र व्यवस्थित शहरी पुर्वाधारविना प्रभावकारी सेवा प्रवाहको परिकल्पना गर्न सकिंदैन । यस नगरपालिकाको कूल बजेटमा भौतिक पूर्वाधार विकासको उल्लेख्य स्थान रहेको छ । गत आ.व. मा उल्लेख भएझैं यस आ.व. मा पनि भौतिक पूर्वाधार विकासको निश्चित आधारहरु तय गरेर अगाडि बढ्ने व्वस्था मिलाईने छ । साना आयोजनामा रकम छर्ने, जनताको जीवनस्तरमा दीघ्रकालीन रुपमा प्रभाव नपारि तत्काललाई खूशि तुल्याउने प्रकृतिका कार्यक्रम हरुलाई पूर्णतया रोक लगाईने छ । नगरपालिकालाई दीर्घकालमा प्रतिफल दिने प्रकृतिका आयोजनाहरु जस्तै बुउद्देश्यीय व्यापारिक भवन निर्माण, नगरपालिकाको अनुदान र समन्वयमा पर्यटन पूर्वाधार निर्माण, बसपार्कको निमार्ण र संचालन, लिगलिगकोटमा उपयुक्त आकारको दृश्वालोकन केन्द्रको निर्माण र संचालन, हाटबजार केन्द्रको संचालन, बसपार्क निर्माण र संचालन व्ववस्थित वस्ति विकासको कार्यक्रम,फोहोरमैला प्रशोधन केन्द्रको निर्माण तथा संचालन जस्ता आयोजना लाई प्राथमिकताका साथ अगाडि बढाईनेछ ।
यस नगरपालिकाको प्रशासनिक भवन यसै आ.व. मा निर्माण सम्पन्न गरि नयां भवनवाट सेवा प्रवाह गर्न सकिने व्यवस्था मिलाईनेछ । सवै वार्ड कार्यालयहरु आफ्नै भवनवाट सेवा प्रवाह गर्ने कार्य यसै आ.व. मा सम्पन्न हुनेगरि व्ववस्था मिलाईनेछ । नयां निर्माण भएका कार्यालयहरुलाई भौतिक पुर्वाधारको पर्याप्त व्यवस्था सहित सेवा प्रवाहलाई सरल र सहज बनाईनेछ ।
चालु आ.व. मा जस्तै आगामी आ.व. ०७६÷०७७. मा पनि कच्ची सडकको नयां टूयाक खोल्ने कार्यलाई बन्द गर्ने नीति लिईने छ । यस आ.व. मा नगरपालिका केन्द्र देखि वार्ड कार्यालय जोडने सडकलाई सवै मौसममा चल्न सक्ने गरि संचालनमा ल्याईनेछ । नगरपालिकाको फोहोरमैला संकलन तथा प्रशोधनका लागि प्रशोधन केन्द्रको निर्माण कार्य यसै आ.व. मा सम्पन्न गरिने छ । बसपार्क निर्माणको डि.पी.आर तयार भै ठेक्काको चरणमा रहेकोले बहुवर्षीय ठेक्का प्रणाली अन्तरगतको निर्माण कार्य यसै आ.व. को पहिले चौमासिकमै शुरु हुने व्यवस्था मिलाईने छ । गत वर्षको बजेटमा व्ववस्था भै केहि प्राबिधिक कारण शुरु हुन नसेकेको बहुउद्देश्यीय व्यापारिक केन्द्र निर्माणको कार्य नगर विकास कोष संगको अनुदान र ऋण सहयोगमा संचालन गरिने छ । प्रदेश सरकारवाट बिनियोजित रु. एक करोड र यस नगरपालिकाको समेत लागत सहभागितामा पालुङटार(५ थोत्राडिहिमा ब्ववस्थित खेल मैदान निर्माण गरि संचालनमा ल्याईने छ ।
पालुङटारको चिनारीमाको रुपमा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु लिगलिकोट, कोतगढी, र भुलभुलेखारको विकास पुर्बाधार विकास, संरक्षण र प्रबर्धनको लागि प्रदेश सरकारवाट बिनियोजित बजेट संगको सहलगानीमा कार्यक्रम संचालन गरिनेछ । लिगलिकोटमा नेपाली सेना संगको सहकार्मा व्यवस्थित सिढिं निर्माणको कार्य आगामी आ.ब. मा सम्पन्न गरिनेछ । बिद्युतिकरणको लागि नेपाल सरकार तथा बैकल्पिक उर्जा प्रबर्धन केन्द्र समेतको साझेदारीमा कार्यक्रम संचालनमा ल्याईनेछ । सवै प्रकारका काठका पोलहरुलाई विस्थापीत गरि राष्टिूय ग्रिडको प्रसारण लाईन मार्फत विद्युत उपलब्धताको विश्वसनीय संरचना निर्माण गरिनेछ ।
यस नगरपालिकाले निर्माण गरेका सामरिक सडकहरुलाई कालोपत्रे गर्ने तर्फ बिशेष जोड दिईनेछ । यसका लागि नेपाल सरकारका सम्बन्धित निकाय, सडक बोर्ड लगायतवाट प्राप्त हुने अनुदानमा साझेदारी गर्ने नीति अवलम्बन गरिनेछ । जनताले स्व(स्फुर्त सहभागिता जुटाई माग गर्ने सडक कालोपत्र गर्ने कार्यलाई पहिलो प्राथमिकता साथ नगरपालिकावाट साझेदारी गर्ने नीति लिईनेछ । चालु आ.व. मा जग्गा खरिद गरिसकिएको पा.न.पा. ९ मा प्रस्तावित चिस्यान केन्द्र निर्माणको डि.पी.आर. तयार गरि निर्माण कार्य शुरु गरिनेछ ।
नगरपालिकावाट निर्माण गरिने सबैखाले भौतिक पूर्वाधारहरु वातावरणमैत्री र विपद प्रतिरोधि तवरले निर्माण गर्ने कार्यमा जोड दिईनेछ । निजि लगानी आकर्षित हुने खालका भौतिक संरचना निर्माणको लागि न.पा. ले साझेदारी गर्ने नीति लिईनेछ । एक वार्ड एक पोखरि निर्माणको कार्यलाई बढावा दिईनेछ ।सवैखाले भौतिक संरचना निर्माण गर्दा वालमैत्री, अपांगमैत्री र वातावरणमैत्री तथा बिपद प्रतिरोधी संरचना निर्माणको नीति लिईनेछ ।
भौतिक पूर्वाधारहरुको निर्माण गर्दा लाभग्राही समुदायको बढि भन्दा बढी सहभागिता सुनिश्चित हुने, रोजगारीमा सघाउ पुर्याउने, निर्माण पछिको संचालन र मर्मतमा लाभग्राहीको अपनत्व सिर्जना हुने, दीर्घकालमा नगरपालिकाको आय आर्जनमा सघाउ पुर्याउने,वातावरण संरक्षण र बिपद व्ववस्थापनमा सहयोगी हुने खालका आयोजनाहरु लाई प्राथमिकता दिईनेछ । राष्टिूय लोकमार्ग र स्थानीय स्तरवाट निर्माण हुने सडक लगायतका भौतिक संरचना तथा प्राकृतिक रुपमा बगीरहेका नदि, खोला, र सामरिकर पुरातात्विक हिसावले महत्वपूर्ण स्थानवाट निश्चित दूरीमा मात्र भौतिक संरचना निर्माण गर्ने नीति स्वरुप सवै सडक, नदि, खोला र सामरिकरपुरातात्विक स्थानवाट भौतिक संरचना निर्माण गर्ने दुरी निर्धा्रित गरिनेछ । लोकमार्ग तथा स्थानीय सडकले ओगटेको जग्गालाई सम्बन्धित सरोकारवाला निकायहरु को सहयोगमा सरकारिकरण गरिने प्रक्रिया अगाडि वढाईनेछ । सरकारी तथा सार्वजनिक जग्गा ताल, तलैया, पोखरि संरक्षण तथा दीर्घकालीन रुपमा भाडारलिजमा उपलब्ध गराउन सकिने गरि नगर कार्यपालिकाले आवश्यक कानुन बनाई लागु गरिनेछ । नेपाल सरकारवाट निर्धा्रित मापदण्ड पूरा नगरी, आधिकारिक निकायवाट स्वीकृति नलिई निजि जग्गाको खण्डिकरण गर्ने वा व्यवसायिक हिसाबले प्लटिङ गर्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण गरिनेछ । अध्ययनको प्रतिवेदनको आधारमा नगरपालिकाको आवधिक योजना तथा भू-उपयोग नीति तयार गरि कार्य अगाडि वढाईनेछ ।
चालु आ.व. देखि शुरु गरिएको एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिईनेछ । खानेपानीको अत्यधिक समस्या रहेका वार्डहरुमाभुमिगत खानेपानिको सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिईनेछ । स्मार्ट सिटि अवधारणा अन्तरगतको अध्ययन यसै आ.व. मा सम्पन्न भै प्राप्त प्रतिबेदनको आधारमा दीर्घकालीन महत्वका ठूला संरचना निर्माणको प्रारुप तयार गर्ने कार्यको शुरुवात गरिनेछ । भौतिक निर्माण अन्तरगत का आयोजनाहरुमा जन सहभागिया सुनिश्चित गर्न यस आ व. मा पनि कम्तिमा.१०ः ५ नगद, सहभागिता जनाई कूल २०ः ५ मा नघट्ने गरि लाभग्राहीको सहभागिता सुनिश्चित गर्ने नीति लिईनेछ ।
सामाजिक विकास तर्फ
स्वस्थ र शिक्षित जनशक्ति विकासको कारक हो । यस नगरपालिकाले चालु आ.व. मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि केहि सकारात्मक शुरुवाति कदम चालेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकास क्षेत्रका आधआरभुत कानुनहरु निर्माण भै कार्यान्वयनका चरणमा छन । बिगत नगरसभादेखि नै यस नगरपालिकाको समग्र शैक्षिक उन्नयनको माध्यवाट यस क्षेत्रकै शैक्षिक केन्द्रको रुपमा विकास गर्ने नीतिगत व्यवस्था उल्लेख गरिए पनि यसमा अझै निकै सुधारको खांचो छ ।
नगर शिक्षा तथा…ऐनले व्यवस्था गरे बमोजिमका विद्यालय व्यवस्थापन समितिहरु गठन नगर्ने विद्यालयहरुलाई दण्डित गर्ने नीति अवलम्बन गरिनेछ । विद्यार्थी शिक्षक अनुपात तथा विद्यालय कायम राखि रहनुको औचित्यता समेतको आधारमा विद्यालय गाभ्ने तथा बृहत बिद्यालय निर्माण गर्ने कार्यलाई आगामि आ.व. मा पनि निरन्तरता दिईनेछ । नगर शिक्षा ऐन तथा सो को आधारमा बनेको नगर शिक्षा समितिका निर्णयहरु लाई तत्काल लागु गर्ने दरिलो संस्थागत संयन्त्र निर्माण गरिनेछ । उत्कृष्ट नतिजा तथा व्यवसायिक कौशलता हासिल गर्ने बिद्यालय, शिक्षक, तथा बिद्यार्थीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिई यसलाई थप बैज्ञानिक बनाईनेछ । नगरपालिका क्षेत्र भित्र रहेका सवै विद्यालय, स्सास्थ्य संस्थाहरुलाई प्रबिधिमा आधारित सूचना व्यवस्थापन प्रणाली मा आबद्ध गरिदै लगिनेछ ।
टहरोमा कक्षा संचालन गर्ने र खूला शौचालय उपयोग गर्ने अवस्थालाई अन्त्य गर्न यस आ.. मा ठोस कार्यक्रम संचालनमा ल्याईनेछ ।यसै आ.व. देखि इसिडी र कक्षा १ मा अध्ययन गर्ने बालबालिकाको प्रति वालवालिका रु. पांच सयका दरले बिधार्थी ब्यबस्थापन अनुदानप्रदान गरिनेछ र यसलाई क्रमिक रुपमा कक्षा ३ सम्म लागु गरिनेछ । नगरप्रमुख कल्याणकारी कोष लाई यस वर्ष पनि निरन्तता दिईनेछ । आगामी आ.व. देखि कक्षा एक देखि ८ सम्म संचालन भएका विद्यालयमा समेत लगानी गर्ने नीति लिईनेछ । सवै बिद्यालयहरुमा स्वच्छ खानेपानी र न्यूनतम अतिरिक्त क्रियाकलाप संचालन गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ । बालबालिकाको सर्बांगीण विकासका लागि सिकाई संगसंगै अतिरिक्त क्रियाकलाप संचालनमा बजेट व्यवस्था गरिएको छ र यसलाई निरन्तरता दिईनेछ ।
सामुदायिक बिद्यालयहरुलाई नतिजाका आधारमा पुरस्कृत र दण्डित हुने परिपाटीको अबलम्बन गरिनेछ । आधारभुत तहसम्म अनिवार्य र निशुल्क शिक्षा तथा माध्यामिक तहसम्म निशुल्क शिक्षाको संबैधानिक व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ । सामुदायिक विद्यालयको शैक्षिक सुधार र निजि विद्यालयको व्यवस्थापकीय नियमन लाई निरन्तरता दिईनेछ । यस नगरपालिका अन्तरगत रहेको श्री भवानी माध्यामिक विद्यालयको भौतिक संरचना निर्माण गर्नका लागि नगरपालिका स्वयं तथा सम्बन्धित दातृ निकाय संगको सहकार्य समेतलाई शिघ्र पहल गरिनेछ । श्री अमरज्योती मा.वि. लुईटेलमा आवासीय व्यवस्था सहितको शैक्षिक स्तर उन्नयनको लागि आवश्यक कार्यको थालनि गरिनेछ । सवै माध्यामिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको बिशेष प्याकेज सहितका तालिम अभिमुखिकरण का लागि कार्यक्रम संचालन गरिनेछ ।
यस नगरपालिकाले बिगत देखि संचालनमा ल्याउन पहल गरिरहेको घुम्ति स्वास्थ्य सेवा कार्यक्रम अपेक्षित रुपमा नतिजामूखि हुन नसकेको यथार्थता हामि सामु लुकेको छैन । यसका लागि आगामि आ.व. मा कडा नीति अख्तियार गरिनेछ । आवश्यक बजेट सहित कार्यान्वयनमा ल्याउन पहल गरिएको सेवामुखि कार्यक्रम संचालनमा तदारुकता नदेखाउने पदाधिकारी हरुको कार्य सम्पादन स्तरलाई समेत आधार मानि जिम्मेवार वन्न निर्देश गरिनेछ । सबै स्वास्थ्य संस्थाहरुमा प्रबिधिमैत्री प्रतिवेदन प्रणालि लागु गरिनेछ । आंपपिपल अस्पतालको बिगत केहि बर्षको लेखापरीक्षण हुन नसक्नु र भैकेकोमा पनि बित्तीय पारदर्शिता को ख्याल नगरिनुलाई राम्रो मान्न सकिंदैन । यस अस्पताललाई प्रत्यक्ष रुपमा नगरपालिकाको व्यवस्थापकीय जिम्मेवारी भित्र ल्याई बिगतको साख गिर्न नदिने गरि स्वास्थ्य सेवा संचालन गर्न नेपाल सरकारका सम्बन्धित निकाय संग पहल गरिनेछ । आंपपिपल अस्पतालको भौतिक अवस्था र व्यवस्थापकीय क्षमता अभिबृद्धिको लाग थप कार्यक्रम संचालन गरिनेछ । नगरपालिका भित्र रहेका सरकारी वा निजि तवरवाट खरिद भएका सम्पूर्ण एम्बुलेन्सहरुलाई स्थापना पूंजिकोष प्रदान गरिनेछ र एम्बुलेन्स संचालन कार्य्बिधि भित्र रही वार्षिक संचालन खर्च धान्ने गरि संचालनमा ल्याउन सबै समितिहरुलाई निर्देश गरिनेछ ।
यस नगरपालिकावाट बितरण हुने सामाजिक सुरक्षा अन्तरगतको रकम सम्बन्धित लाभग्राहीका नाममा बैकिङ प्रणालीमार्फत भुक्तानि हुने व्यवस्था बिगत देखि नै मिलाईएको छ । यसका लागि कारोवार ईजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अझै सम्म पनि सम्वन्धित लाभग्राहीका नाममा सिधै रकम जम्मा नगरी अबण्डाको खाता सिर्जना गरि त्यसवाट मात्र जम्मा गर्ने गरेको पाईएकोले यस्तो कार्यलाई तुरुन्त बन्द गर्न लगाईने छ । जेष्ठ नागरिकका लागि बिश्राम गृह निर्माण लगायत मनोरंजनात्मक क्रियाकलाप संचालन गर्न बजेटको बिनियोजन गरिएको छ । व्यवसायिक तथा सामाजिक जीवनमा ख्याति कमाएका पालुङटारवासीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।आदिवासी जनजातीका बिभिन्न कार्क्रमहरु संचालन गर्नाका लागि जाती बिशेषले खण्डिकृत रुपमा सहयोग माग गर्ने प्रबृत्ति देखिएकोले यसमा सुधार गरि आदिवासी जनजाति नगर समितिको संयोजनमा हुने कार्यक्रममा मात्र नगरपालिकाको सहयोग रहने गरि नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनेछ ।
आगामि आ. व. देखि कुमाल, वोटे, माझि जातीको प्रथा परम्परा संरक्षणका लागि नगरस्तरीय संग्रहालय निर्माण गरिनेछ । परम्परागत रुपमा उत्पादन गरिएको टोप, छत्री, ज्बलमष् ऋचबातक, ँचबmभ आदिलाई प्रोत्साहन स्वरुप नगरपालिका स्तरीय प्रदर्शनी कक्ष निर्माण गरिनेछ ।आगामी आ.व. देखि नगरपालिकाले आफ्नै नगर गीत, नगर लोगो तथा नगर फूल नगरसभावाट पारीत गरि निर्धारण गरिनेछ । मेला पर्व, जात्रा आदिका नाममा फजूल खर्च बढ्ने गरेको तथ्यलाई मनन गरी अनुत्पादक खर्चमा कटौति गर्ने नीति लिईनेछ ।
यस नगरपालिकाको आयोजनामा संचालित मेयर कप प्रथम अन्तर पालिका स्तरीय फूटबल प्रतियोगिता संचालनवाट नगरपालिकाको पहिचानलाई छिमेकी र प्रदेश स्तरीय पालिकाहरुमा प्रबर्धन गर्न सघाउ पुगेको तथ्यलाई हृदयांगम गरी आगामी आ.ब. देखि लिगलिग दौड तथा नगरस्तरीय खेलकूद कार्यक्रमहरु निश्चित शर्त सहित निजि क्षेत्रका संस्थाहरु संग करार गरि संचालन गर्न सकिने निति लिईनेछ ।
महिलाहरुको आय आर्जन तथा क्षमता विकासका लागि संचालन भैरहेका कार्यक्रममा दोहोरोपना देखिएको छ । यसका लागि नगरपालिका वाट बिनियोजन हुने रकम दोहोरो नपर्नेगरी बिनियोजन गरिनेछ । महिलाहरुको आय आर्जनका लागि स्थापीत स्वआर्जन कोषको रकम लाई यस वर्ष पनि निरन्तरता दिईएको छ र लगानिले नतिजाको सुनिश्चितता गर्ने कार्यको अनुगमनलाई सघन वनाईने छ । दलित समुदायको उल्लेख्य वसोवास रहेको यस नगरपालिकामा वास्तविक विपन्न समूदायको आय आर्जन हुने खालका कृषि कार्यलाई नमूनाको रुपमा संचालन गरिनेछ ।




