
सौरपानीमा झोला बुन्ने तालिम
दरौंदी : बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा ढाकाको झोला बुन्ने तालिम सुरु भएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ बारपाक सुलिकोट समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा तालिम भएको हो । तालिममा ३१ जना महिला सहभागी छन् । महिलाको सिप विकास गरी जिविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए । तालिम तिनदिनसम्म चल्नेछ ।




