| आइतवार, कार्तिक २२, २०८३

एम्बुलेन्स खरिदका लागि पौवाटारमा महायज्ञ हुने

गाउँमा एम्बुलेन्स खरिदका लागि पालुङ्टार नगरपालिका ६ को पौवाटारमा सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ ।

प्रगतिशील युवा क्लव, राधा दामोदर सखिना कृषक समूह र लोकेश्वर आमा समूहको संयुक्त आयोजनामा एम्बुलेन्स खरिदका लागि रकम जुटाउने उद्देश्यले जेठ ३२ गतेबाट महायज्ञ गरिने भएको हो । पौवाटार स्थित खेलकुद मैदानमा हुने महायज्ञ नौ दिनसम्म चल्नेछ । स्थानीय बासीले समयमै उपचार नपाएर ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गरीएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्