| सोमवार, कार्तिक २३, २०८३

आन्तरीक मामलामा हस्तक्षेप नगर्न महेन्द्रज्योतीको चेतावनी

दरौंदी : गोरखा नगरपालिका ६ को महेन्द्रज्योती माविले विद्यालय को आन्तरीक मामलामा हस्तक्षेप नगर्न नेकपा निकट शिक्षक संगठनलाई चेतावनी दिएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्टिूय शिक्षक संगठनले गोरखा नगरपालिकामा शैक्षिक सन्दर्भमा बुझाएको ज्ञापन पत्रमा आफ्नो विद्यालयलाई असान्दर्भिक रुपमा जोडेको विद्यालयले सार्वजनिक गरेको अपिलमा उल्लेख छ । विभिन्न शिक्षा ऐन तथा नियमावली अनुसार नै विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार जोशी र प्रधानाध्यापक भाइकाजी श्रेष्ठले हस्ताक्षर गरेको अपिलमा उल्लेख छ । विद्यालयलाई गुणस्तरीय शिक्षाको हब बनाएर अघि बढ्ने उनिहरुले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्