
भाइलाई अप्राकृतिक मैथुन गर्ने युवा पक्राउ
दरौंदी : विपरीत लिंगीलाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्धा दर्ता भइरहेका छन् तर गोरखामा एक नयाँ शीर्षकमा मुद्धा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको छ । अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
भाइ नाता पर्ने एक छिमेकी किशोरलाई घरमा पढ्न बोलाई राती सुत्ने क्रममा जबर्जस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा अजीरकोट गाउँपालिका ४ ढोडेनीबाट मनबहादुर श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित किशोरको उजुरीको आधारमा उनलाई पक्राउ गरी अप्राकृतिक मैथुन शीर्षकमा मुद्धा दर्ता गरी म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।




