| आइतवार, कार्तिक २२, २०८३

छिमेकीले पालेको कुखुरा मारेको आरोपमा एक महिला पक्राउ

छिमेकीले पालेको कुुखुरालाई विषादीयुक्त आहार खुवाई मारेको आरोपमा प्रहरीले एक महिला पक्राउ गरेको छ ।

गोरखा नगरपालिका ८ बराहकी रामकुमारी सुनारले पालेका कुखुरालाई विषादीयुक्त आहार खुवाई मारेको आरोपमा सोही ठाउँकी ओमकुमारी श्रेष्ठ पक्राउ परेकी हुन् । गत जेठ १६ गते सुनारले पालेका कुखुरा श्रेष्ठको मकैबारीमा चर्दाचर्दै मरेका प्रहरीले जनाएको छ ।

श्रेष्ठले बारीमा मकै रोपेर विषादी हालेकी थिईन् । सोही विषादी कुखुराले खाएपछि मरेको सुनारको भनाई छ । सुनारले पालेको एक सय ५० कुखुरामध्ये अहिले ८÷९ वटा मात्र बाँकी रहेको र मरेका कुखुराको पोष्र्टमार्टमबाट विषादीका कारण मरेको पुष्टी भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई छरछिमेकमा बसेका मानिसलाई हानी नोक्सानी र्पुयाउने काम गरी सार्वजनिक उपद्रयाई गर्ने कार्य गरेको भन्दै सोमबार पक्राउ गरि सार्वजनिक हित बिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरिएको छ । घटनाका सन्दर्भमा थप अनुसन्धान भैरहेको डिएसपि महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्