| आइतवार, कार्तिक २२, २०८३

कुपोषणमा परेका आमा र बच्चालाई पोषिलो खाना वितरण

दरौंदी : गोरखा नगरपालिका वडा नं २ ले कुपोषणमा परेका आमा र बच्चालाई पोषिलो खाना वितरण गरेको छ ।

वडा कार्यालयले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणका लागि विनियोजन गरेको ३० हजार रुपैयाँ बजेटबाट २१ जनालाई पोषिलो खाना वितरण गरेको वडा अध्यक्ष रहमतुल्ला मियाले जानकारी दिए ।

विपन्न, न्युन आय र कुपोषणमा परेका गर्भपती र बच्चालाई अण्डा, ग्लुकोज, चना लगायतका खाद्य सामाग्री वितरण गरिएको मियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्