| आइतवार, कार्तिक २२, २०८३

पालुंटारमा प्रधानमन्त्री रोजगार कार्यक्रमका सहभागी छनौट

 

पालुङटार नगरपालिकामा चालु आर्थिक बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने ब्यक्ति छनौट भएका छन् । नगरपालिकाको रोजगार सेवा केन्द्रले सबै वडाबाट १० दिनको रोजगारीका लागि तिन सय ९७ जना छनौट गरेको हो । रोजगारीका लागि नगर क्षेत्रका दुई हजार तिन सय ३३ जनाले आवेदन दिएका थिए । तर समतामुलक वितरण प्रणालीका आधारमा हरेक वडाबाट न्युनतम २१ देखी अधिकतम ८३ जना छनौट भएका नगरपालिकाले जनाएको छ । छनौट भएकाहरुले प्रतिदिन ७ सय रुपैयाँका दरले पारीश्रमिक पाउनेछन् । कार्यक्रम अन्तरगत वडा नं १ मा ३४, २ मा ८३, ३ मा २७, र ४ मा ८० जनाले रोजगार पाउनेछन् । यस्तै, वडा नं ५ मा २१, ६ मा २७, ७ मा ५२, ८ मा २१, ९ मा २५ र १० मा २७ जनाले रोजगार पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्