| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

 

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम(बजेट) २४ जेठ(शुक्रबार) सार्वजनिक हुने भएको छ। । गत बुधबारका लागि तय भएको उक्त कार्यक्रम सार्वजनिक बिदाका कारण शुक्रबारसम्मका लागि सरेको हो।

मन्त्रिपरिषदको बुधबारको बैठकले २२ गतेलाई निर्धा्रित कार्यक्रम २४ गतेलाई सार्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए । बुधबारलाई नेपाल सरकारले इद पर्वको अवसरमा सार्वजनिक विदा घोषणा गरेको थियो।

प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख बाबुराम कुँवरलाई बुझाइसकेको छ ।
शुक्रबार कुँवरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्