| आइतवार, कार्तिक २२, २०८३

गोरखकाली रबर उद्योग सञ्चालन गर्न सांसद दवाडीको माग

 

गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडीले गोरखकाली रबर उद्योग सञ्चालन गर्न गण्डकी सरकारसँग माग गरेका छन् । उद्योग सञ्चालन गरेर रोजगारी सीर्जना गरी युवा पलायनलाइ रोक्न उनले सरकारको ध्यानाकर्षण गराए । मंगलबार संसदमा बोल्दै सांसद दवाडीले गोरखाको सिरानडाँडाको ढुंगाखानी र सुलिकोटको तामा खानीको अन्वेषण गरी उत्खनन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद दवाडीले सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराका साथ ल्याएको विद्येयक राम्रो भएपनि कार्यक्रहरु सन्तुलित विकास हुने खालको नभएको बताएका हुन् ।

‘नारा राम्रो छ, उनले भने, ‘तर, धेरै अपुरो छ । म अपुरो कुरा भन्छु । योजना आएको छ । प्रदेशबाटै उपभोक्ता समिति बनाएर पठाएको छ । यसमा माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले गण्डकी सरकारले पर्यटकिय क्षेत्रहरु घोषणा गर्दा अहिले पर्यटकिय गतिविधि भइरहने क्षेत्र समाबेश भएकोमा आपत्ती प्रकट गरे । ‘पर्यटकिय क्षेत्र घोषणा गरियो । पर्यटकिय क्षेत्रमा नयाँ क्षेत्रहरु समाबेश भएन । गतिविधि भइरहेकोलाई पर्यटकिय क्षेत्र भनेर मात्र आयो । यसरी सन्तुलीत विकास हुँदैन,’ उनले भने ।

पुँजीगत भन्दा चालु खर्च बढेको प्रति पनि उनले चिन्ता ब्यक्त गरे । ‘पुँजीगत हेर्दा र आय हेर्दा नेपालीको टाउकोमा ३३ हजार भार थपिएको छ । त्यसमा पनि हामीले ध्यान दिनुपर्छ । प्रदेशलाई समृद्धि बनाउँदा त्यसलाइ पनि ध्यान दिनुपर्छ । बजेट गोलमाल रुपमा आयो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्