| आइतवार, कार्तिक २२, २०८३

संघिय सरकारबाट गोरखाले तिन अर्ब ३४ करोड रुपैयाँ पाउने

गोरखाका स्थानिय तहलाई संघिय सरकारले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि समपुरक र विशेष बाहेक तिन अर्ब ३४ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघिय सरकारले गोरखाका स्थानिय तहलाई एक अर्ब ४९ करोड ४१ लाख रुपैयाँ वित्तिय समानिकरण अनुदान र एक अर्ब ८४ करोड ६७ लाख रुपैयाँ शशर्त अनुदान दिने भएको हो ।

जसअन्तरगत गोरखा नगरपालिकाले ५० करोड २५ लाख रुपैयाँ पाउनेछ । २३ करोड ३१ लाख वित्तिय समानिकरण र २६ करोड ९४ लाख रुपैयाँ शशर्त अनुदान पाउनेछ ।

यस्तै, पालुङटार नगरपालिकाले ४१ करोड ७१ लाख रुपैयाँ पाउनेछ । उसले वित्तिय समानिकरणबाट १८ करोड ३९ लाख र २६ करोड ९४ लाख रुपैयाँ शशर्त अनुदान पाउनेछ ।

आरुघाट गाउँपालिकाले कुल २८ करोड २ लाख रुपैयाँ पाउनेछ । १३ करोड १३ लाख वित्तिय समानिकरण र १४ करोड ८९ लाख शशर्त अनुदान पाउनेछ ।

अजिरकोट गाउाँपलिकाले कुल २२ करोड ४९ लाख रुपैयाँ पाउनेछ । १० करोड ५९ लाख वित्तिय समानिकरण र ११ करोड ९० लाख शशर्त अनुदान पाउनेछ ।

गण्डकी गाउाँपलिकाले २९ करोड ३१ लाख रुपैयाँ पाउनेछ । १३ करोड ४१ लाख वित्तिय समानिकरण र १५ करोड ९० लाख शशर्त अनुदान पाउनेछ ।

चुमनुब्री गाउँपालिकाले १५ करोड १४ लाख रुपैयाँ पाउनेछ । वित्तिय समानिकरण अन्तरगत ६ करोड ६१ लाख र शशर्त अन्तरगत ८ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

धार्चे गाउँपालिकाले १८ करोड २५ लाख रुपैयाँ पाउनेछ । वित्तिय समानिकरण अन्तरगत ८ करोड ९४ लाख रुपैयाँ र शशर्त अनुदान अन्तरगत ९ करोड ३१ लाख रुपैयाँ छुटाएको छ ।

भिमसेन थापा गाउँपालिकाले ३१ करोड ३२ लाख रुपैयाँ पाउनेछ । उसले वित्तिय समानिकरण अन्तरगत १३ करोड १४ लाख र शशर्त अन्तरगत १८ करोड १८ लाख रुपैयाँ बजेट पाउनेछ ।

शहिद लखन गाउँपालिकाले ३२ करोड १९ लाख रुपैयाँ पाउनेछ । वित्तिय अन्तरगत १४ करोड ६९ लाख र शशर्त अन्तरगत १७ करोड १७ करोड ५० लाख रुपैया विनियोजन भएको छ ।

सिरानचोक गाउँपालिकाले ३४ करोड ४४ लाख रुपैयाँ पाउनेछ । १३ करोड ४७ लाख वित्तिय र २० करोड ९७ लाख शशर्त अनुदान पाउने भएको हो ।

बारपाक सुलिकोट गाउँपालिकाले ३० करोड ९६ लाख रुपैयाँ पाउनेछ । १३ करोड ७३ लाख वित्तिय र १७ करोड २३ लाख शशर्त अनुदान पाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्