
मुस्ताङमा एक गोरखालीको मृत्यू
यार्सागुम्बा टिप्न मुस्ताङ पुगेका गोरखाको एकजनाको मृत्यु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका ४५ बर्षिय राजेन्द्र घलेको अचानक बेहोस भई मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ को हाईक्याम्पमा उनको मृत्यु भएको हो । उनी यार्सागुम्बा टिप्नका लागि जेठ ९ गते गोरखाबाट हिमाल पारिको जिल्ला मुस्ताङ गएका थिए ।




