
पालुङ्टार नगरबासीको गुनासो सुन्न ‘हेल्लो मेयर’ सेवा सुरु
अनुपमा खनाल :
गोरखाको पालुङटार नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको छ ।
नगरबासीको गुनासो सुन्न नगरपालिकाले ‘हेलो मेयर’ सुरु गरेको हो । ‘हेलो मेयर’ का लागि नगरपालिकाले निशुल्क टोल फ्री नम्बरको ब्यबस्था गरेको छ । पैसा नलाग्ने नम्बर १६६०६४४२००२ मा डायल गरेर नागरिकले गुनासो, सल्लाह, सुझाव राख्न सक्ने पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले जानकारी दिए ।
‘सबै नगरबासीहरु म समक्ष कार्यालय समक्ष आएर गुनासो भन्न सक्ने हुनुहुन्न, धक मान्ने, डराउने पनि हुँदो रहेछ’ उनले भने ‘आफ्नो गाउँठाउँको विकास निर्माणका विषय, कामको गुणस्तर, विद्यालय लगायतका सार्वजनिक क्षेत्रका समस्या, सवाल, जन प्रतिनिधीबाट भएका काम र नागरिकको अपेक्षा लगायतका विषयमा उहाँहरुले अब फोनबाट नै सल्लाह, सुझाब तथा गुनासो राख्न सक्नुहुन्छ ।’
नागरिकका सुझाब तथा गुनासो रेकर्ड हुनेछ । हप्ताको एक दिन हेलो मेयरमा रेकर्ड भएका गुनासो सुनेर त्यसलाई सम्बोधन गर्ने मेयर कंडेलले बताए । ‘कार्यपालिकाको बैठकमा नै रेकर्ड भएका गुनासा सुनाउँछु’ उनले भने ‘कर्मचारी तथा जनप्रतिनिधिसँग छलफल गरेर गुनासोको सम्बोधन गर्नेछु । कर्मचारीको कमजोरी भए पनि सच्याउन निर्देशन दिन्छु । हामी जनप्रतिनिधीले नै गलत गरेका रहेछौं भनेपनि गुनासोका आधारमा सच्चिने मौका पाउछौं ।’

यो कार्यक्रमले विकास निर्माणमा प्रभावकारिता हुनुका साथै पारदर्शिता र सुसासन कायम गर्न सहयोग पुग्ने उनको विश्वास छ । नगरपालिकाप्रति नागरिकको विश्वास पनि बढ्ने उनले अपेक्षा गरेका छन् । संघिय सरकारले हेलो सरकार र प्रदेश सरकारले हेलो मुख्यमन्त्री गरेजस्तै पालुङटार नगरपालिकाले हेलो मेयर सुरु गरेको हो । ०६४(४००००२ र ४०००९३ मा टेलिफोन तथा ष्लाय२उबगिलनतबचmगल।नयख।लउ मा इमेल गरेर पनि गुनासो राख्न सकिने पालुङटार नगरपालिकाले जनाएको छ ।




