
गोरखाको दारी ग्याङले गर्यो क्यान्सर पीडितलाई आर्थिक सहयोग
गोरखामा हालै गठन भएको दारी ग्याङले रक्तक्यान्सरबाट पीडित एक बिरामीलाई औषधी उपचार खर्च संकलन अभियान सञ्चालन गरेको छ । सहिद लखन गाउँपालिका १ साबिक बक्राङको दिप्लिङ निबासी पूजा थापा मगरका लागि उपचार खर्च संकलन गरेको दारी ग्याङका सुमन कार्कीले जनाए ।
दारी ग्याङले पहिलो चरणमा संकलित ७६ हजार एकसय ११ रुपियाँ शनिबार बिरामी थापा मगरलाई हस्तान्तरण गरिएको छ । उनले उपचार गराइरहेको काठमाडौंको सिभिल सर्भिस अस्पतालमा पुगेर हस्तान्तरण गरेको कार्कीले बताए ।
सो रकममध्य ४० हजार रुपियाँ गोरखा घर भई हाल अष्ट्रेलियामा अध्ययनरत सन्दीप लम्सालले सामाजिक सञ्चालमार्फत संकलन गरी पठाएका थिए । बाँकी रकम दारी ग्याङ गोरखाले नै संकलन गरेको कार्कीले बताए ।
२४ बर्षीया बिरामी थापा मगरको उपचारको क्रममा यसअघि १७ लाख रुपियाँ खर्च भइसकेको छ भने अझै २० लाख रुपियाँ लाग्ने अस्पतालले जनाएको ।




