| आइतवार, कार्तिक २२, २०८३

ब्लड क्यान्सर पिडित बालिकालाई मोर्डनको सहयोग

गोरखाको हरमटारीमा रहेको मोडर्न सेकेण्डरी इङ्लिस स्कूलले ब्लड क्यान्सरबाट पिडित एक बालिका लाई आर्थिक संकलन गरेर हस्तान्तण गरेको छ ।
सोही विद्यालयको कक्षा आठमा अध्ययनरत भै हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत गरिमा गुरुङलाई ९२ हजार रुपैंया प्रदान गरिएको हो ।
१३ बर्षकी बालिकाका बुबा रुकबहादुर गुरुङलाई एक समा रोहका बीच विद्यालयका संस्थापक प्रिन्सिपल सीताराम तिवारीले हस्तान्तरण गरेका हुन् । बालिका बिगत छ महिनादेखि उपचाररत छिन् ।

प्रतिक्रिया दिनुहोस्