
सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने
सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाइसकेका बेला वर्तमान सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो। आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सडक मर्मतमा बजेटको अभाव हुन नदिन पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ सरकारले लिने उल्लेख छ ।
यो घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहिबार बिहान १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोल,डिजेल र मट्टितेलमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ। योसँगै पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल र मट्टितेल ९८ रुपैयाँ पुगेको छ।




