| आइतवार, कार्तिक २२, २०८३

ढुंगाले किचेर एकको मृत्यू, एक गम्भीर घाइते

भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यू भएको छ ।

बुधबार बिहान ११ बजेतिर भएको सो घटनामा परी गाउँ नजिकको खोलामा साथीहरुसंग खेलिरहेका पाँचबर्षका आकास गुरुङको मृत्यू भएको स्थानीय विशाल घलेले जानकारी दिए ।

ढुंगाले उनको टाउको र ढाड किचिएको थियो ।उनलाई बचाउन गएकी बालककी दिदी करिब सातबर्षकी बिनिता गुरुङ पनि सोही ढुंगाले लागेर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि राजधानी काठमाडौं लगिदै गरेको घलेले बताए ।

खेलिरहेका बेला एक्कासी ढुंगा झर्न थालेपछि संगै खेलिरहेका चारजना बालबालिका भागाभाग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्