
यति टेक्निकलको अध्यक्षमा मास्के
गोरखाको यती टेक्निकल एजुकेशन एण्ड मल्टीपल कलेजको सञ्चालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् ।
गोरखा सदरमुकाममा भएको कलेजको पहिलो साधारण सभाले मास्केको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको हो । समितिको सचिवमा बिजय पुडासैनी , कोषाध्यक्षमा कमल थापा र सदस्यहरुमा हरीबहादुर पुडासैनी, निर्मल अधिकारी, ईश्वर पाण्डे र शुसिलबावु श्रेष्ठ छन् । साधारण सभाले कलेजको सल्लाहकारमा चुडामणी काप्रीलाई चयन गरेको छ ।
साधारण सभाले जिल्लामा विभिन्न किसीमका पाचँ वटा तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) बाट सम्वन्धन प्राप्त गरि लक्ष्मीबजारमा सञ्चालित कलेलमा हाल अमिन, भेटिरिनरी र जेटिए बिषयमा कक्षा सञ्चालन हुँदै आएको छ ।




