| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाद्वारा एनजिओ प्रोफाइल तयार

 

गोरखा नगरपालिकाले एनजिओ प्रोफाइल बनाएको छ । गोरखा नगरपालिका भित्र कार्यरत गैह्रसरकारी संघसंस्थाको विवरण समेटेर प्रोफाईल बनाईएको हो ।

प्रोफाइलको एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

प्रोफाइल अनुसार नगर क्षेत्रमा हाल निर्माण, जनचेतना, पुनर्निमाण, महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा २१ वटा गैह्रसरकारी संघसंस्था कार्यरत छन् । फरक फरक प्रकृतिका संस्थासँग विकासमा साझेदारी गर्नका लागि आबश्यक विवरण एकै पुस्तकबाट प्राप्त गर्न प्रोफाइल तयार गरेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ९० पृष्ठको प्रोफाइलमा नगरपालिकाभित्र काम गर्ने सबै गैह्रसरकारी संस्थाको विवरण अध्ययन गर्न सकिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले एकअर्कासँग साझेदारी गरेर काम गर्न एनजिओ प्रोफाइलले सजिलो हुने विश्वास गर्दै शुसासन र जवाफदेहितामा समेत सहयोग पुग्ने अपेक्षा गरे । नागरिक समाजसँग सम्बन्धीत सस्थांलाई पनि प्रोफाइलमा थप्न उनिहरुको सुझाव छ ।

गोरखा नगरपालिकाका मेयर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, अधिबक्ता स्थानेश्वर दुवाडी, गैह्र सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सीताराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, सोच नेपालका उत्तम निरौला लगायतले मन्तब्य ब्यक्त गरेका नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख विजयभक्त उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्