
आश्रमका बालबालिकालाई २० सेट पुस्तक प्रदान
एमके पब्लिसर्सका ब्यबसायी अमृता श्रेष्ठले मानव सेवा आश्रम गोरखाका बालबालिकालाई २० सेट विद्यालय पुस्तक सहयोग गरेकी छिन् । एमके पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्समा आबद्ध श्रेष्ठले ४० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेकी हुन् । आश्रममा हाल ३६ बालबालिकाले आश्रय लिएका छन् । उनीहरुलाई जन्म दिनको तथा मेरिज एनिभर्सरीको अवसरमा बिभिन्न ब्यक्तिले सहयोग गर्दै आएका छन् ।




