
बुंकोट स्वास्थ्य चौकीमा आँखा परीक्षण शिविर
बुंकोट स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा परिक्षण शिविरमा ९७ जनाले सेवा लिएका छन् ।
शिविरमा प्रस्तावित लायन्स आँखा अस्पतालका नेत्र सहायक विशाल ढकालले आँखा जाचँ गरेका थिए ।
शहिद लखन गाउँपालिका ७ र गोरखा लायन्स आई सर्जिकल सेन्टर (प्रस्तावित लायन्स आँखा अस्पताल)को सहमति अनुसार स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो मंगलबार आँखा शिविर हुँदै आएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । शिविरमा औषधि पनि निशुल्क वितरण गरिएको थियो ।




