| सोमवार, कार्तिक २३, २०८३

यमगाउमा बन्यो जनसेवा आधारभूत विद्यालयको नया भवन

गुम्दाको यमगाउँमा जनसेवा आधारभुत विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको छ । गोरखाको धार्चे गाउँपालिका ५ मा निर्माण सम्पन्न विद्यालय भवनको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले भवनको उद्घाटन गरे ।

डाक्टर चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले ६३ लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरेको हो । भवन निर्माणका क्रममा स्थानीय बासिन्दाले दुई लाख ५३ हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए । सन् २००६ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुघटनामा मृत्यु भएका संरक्षणविद् गुरुङको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले विद्यालय मार्फत प्रकृति संरक्षणको चेतना फैलाउने उदेसयले विद्यालय निर्माणमा सहयोग गरेको संस्थाकी रत्न गुरुङले बताईन् ।

वडाअध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेत, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्