
ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न
दरौंदी : गोरखा नगरपालिका १ ताप्लेमा ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा ज्येष्ठ नागरिक मञ्च गोरखाको समन्वयमा भएको शिविरमा एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ ।
शिविरमा हिमालय आँखा अस्पताल पोखरा र मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखा,मुटु, कान लगायतका विभिन्न समस्याको जाँच गरेका थिए ।
शिविरमा आएकाहरुलाई चस्मा तथा औषधि निशुल्क वितरण गरिएको ज्येष्ठ नागरिक मञ्चले जनाएको छ । गाउँमा नै निशुल्क स्वास्थ्य शिविर हुँदा स्वास्थ्य जाचँका लागि अन्यत्र जानु नपरेको भन्दै ज्येष्ठ नागरिक खुसी भएका थिए ।




