
गोरखकाली क्रसर उद्योगलाई समयसीमा थपियो
गोरखा नगरपालिका वडा नं. १० छेपेटारमा सञ्चालित गोरखकाली क्रसर उद्योगलाई सोही ठाउँमा सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले समय सीमा थप गरेको छ ।
शुक्रबार दोस्रो पत्र पठाई कार्यालयले उद्योगलाई सोही ठाउँमा सञ्चालन गर्न छ महिनाको समय सीमा थप गरेको हो ।
प्रमाण पुग्ने कागजात तयार गर्नका लागि १५ दिन र प्रमाण नपुगे गोरखा नगरपालिका १३ मा स्थानान्तरण गर्न छ महिना समय थपिएको ब्यहोरा सो पत्रमा उल्लेख छ ।

सो कार्यालयले यसअघि गोरखा नगरपालिका १३ मा स्थानान्तरण गर्न र म्याद थप गर्न पत्र पठाएको थियो । म्याद थप नगरे उद्योग बन्द गर्न पत्रमा भनिएको थियो । सरकारले देशभरका क्रसर उद्योगलाई नवीकरण रोकेको छ ।
उद्योगले गोनपा १० मै रहनु पाउनु पर्ने अथवा स्थानान्तरण नै गर्नु परेमा समय थप गर्न माग गर्दै पत्राचार गरेको थियो ।
देशभरका क्रसर उद्योगको म्याद थप नभइरहेका बेला आफ्नो उद्योगलाई मात्र म्याद थप नभएको कारण देखाएर बन्द गर्न पत्र पठाएकोप्रति सो उद्योगले चिन्ता ब्यक्त गरेको छ ।




