| आइतवार, कार्तिक २२, २०८३

वन कार्यालयद्धारा दुर्लभ वन बिरालोको उद्धार

डिभिजन वन कार्यालय गोरखाले दुर्लभ ठूलो वन बिरालोको उद्धार गरेको छ । गोरखा नगरपालीका ८ को नगरपालीका कार्यालय जाने बाटोमा शुक्रबार बिहान घाइते अवस्थामा नीर बिरालो फेला परेको थियो ।

दुर्लभ बन्दै गएको वन बिरालोको उद्धार गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा उपचार गरिएको सहायक वन अधिकृत बालकुमार नेपालीले बताए । वासस्थान विनाश, बासस्थान टुक्रिने लगायतका समस्याका कारण देशभर यो प्रजातीको बिरालो लोप हुने अवस्थामा पुगेको उनको भनाई छ ।

ठूलो वन बिरालोलाई संकटउन्मुख वन्यजन्तुको सूचीमा राखिएको छ । जंगलमा आगलागीको क्रम बढेपछि वन्यजन्तुहरु वस्तीतिर आउने क्रम बढेको छ । सोही क्रममा उक्त बिरालो पनि वासस्थान छोडेर हिँडेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले बताए । भेटेरिनरी अस्पतालमा उपचारपछि घाइते बिरालोलाई हाल डिभिजन वन कार्यालयमै राखिएको छ । स्वस्थ भएमा नजिकको राष्टिूय निकुञ्जमा लगेर छोडिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्