| सोमवार, कार्तिक २३, २०८३

गोरखाली समाज युके ट्रष्टद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

बेलायतमा बस्दै आएका गोर्खालीहरुले गृहजिल्लाका एक  सय ७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । गोरखाली समाज युके टूष्टमार्फत  जिल्लाको ११ वटै स्थानिय तहको २० विद्यालयका एक सय ७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । बुधबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रम मा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, टूष्टका अध्यक्ष जयप्रकाश गुरुङ र कोषाध्यक्ष भिमप्रसाद तामाङले संयुक्त रुपमा विद्यार्थीलाई शैक्षिक सामाग्री    वितरण गरे ।

छात्रवृत्ति पाउने हरेक विद्यार्थीलाई एक सेट झोला, दुई सेट विद्यालय पोशाक, तिन दर्जन कापी र एक दर्जन कलम दिईएको छ । अनाथ, असहाय, निम्न आयस्रोत भएका तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरी उनिहरुको अध्ययनलाई अघि बढाउने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष गुरुङले बताए ।

गोरखा नगरपालिकाको महेन्द्र ज्योती माध्यामिक विद्यालय, पालुङटार नगरपालिकाको त्रिवेणी माध्यामिक विद्यालय, शहिद लखन गाउँपालिकाको चण्डिका आधारभुत विद्यालय, सिरानचोक गाउ ँपालिकाको चन्द्रोदय माध्यामिक विद्यालय, झिम्रुक महिपते माध्यामिक विद्यालय र आहाल भन्ज्याङ माध्यामिक विद्यालयका १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री दिईएको छ ।

यस्तै, अजिरकोट गाउँपालिकाको प्रभा माध्यामिक विद्यालय, धनशिरा माध्यामिक विद्यालय र हिमालय माध्यामिक विद्यालयका १०÷१० जना, शिवालय प्राथमिक विद्यालय र  जिवनज्योती माध्यामिक विद्यालयका एक ÷एक जना तथा मुच्चोकबेशी आधारभुत विद्यालयका दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री दिईएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको हिमालय माध्यामिक विद्यालय र सिद्धार्थ माध्यामिक विद्यालयका १०÷१० जना विद्यार्थीलाई पनि शैक्षिक सामाग्री दिईएको छ । गण्डकी गाउँपालिकाको भद्रकाली माध्यामिक विद्यालयका आठ जना र जिवनज्योती प्राथमिक विद्यालयका दुई जना, धार्चे गाउँपालिकाको केरौंजा माध्यामिक विद्यालय, चुमनुब्री गाउँपालिकाको बुद्ध माध्यामिक विद्यालय, भिमसेन थापा गाउँपालिकाको जागेश्वर माध्यामिक विद्यालयका १०÷१० जना विद्यार्थीले शैक्षिक सामाग्री पाएका छन् । आरुघाट गाउँपालिकाको धारापानी माध्यामिक विद्यालयका ११ जनाले पनि शैक्षिक सामाग्री पाएका छन् । जिल्लाका विद्यार्थीहरुको शैक्षिक सुधार एवं सहयोगका लागि टूष्टले च्यारीटी सो मार्फत एक करोड रुपैयाँ संकलन गरि अक्षयकोष स्थापना गरेको छ ।  अक्षयकोषबाट बर्षेनी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको टूष्टका अध्यक्ष गुरुङले जानकारी दिए । यो कार्यक्रम अनुसार कक्षा ४ देखि १२ सम्म अध्ययनरत सोही विद्यार्थीलाई निरन्तर छात्रवृत्ति दिने संस्थाको प्रतिबद्धता रहेको संस्थाका समन्वयकर्ता शरण श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्