
शहीदस्मृति माविमा आर्थिक अपचलन भएको आरोप
दरौंदी : नेपाल विद्यार्थी संघ गोरखाले शहीद लखन गाउँपालिका ( ७ बुंकोटको शहीद स्मृती माध्यामिक विद्यालयका लेखापाल रेशम विश्वकर्माको नाममा रहेको बेरुजु रकम बैंक दाखिला गर्न माग गरेको छ । लेखापाल विश्वकर्माको नाममा बेरुजु रहेको दुई लाख ९१ हजार नौ सय ४२ रुपैया विद्यालयको बैंक खातामा यथासीघ्र दाखिला गर्न संघले माग गरेको हो ।
संघका जिल्ला सभापति सुवास अधिकारीले विज्ञप्ती जारी गर्दै विद्यालय प्रशासन र ब्यबस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । सो बिषयको उठान गर्ने नेविसंघ, शहीद लखन गाउँपालिका इकाइका सभा पतिलाई बिभिन्न डर, त्रास, धम्की दिने गरेको भन्दै विज्ञप्तिमा राजनैतिक आस्थाका आधारमा प्रअ र विद्यालय व्यवस्थापन समितिले धम्की दिएको भन्दै खेद प्रकट गरिएको छ ।




