| सोमवार, कार्तिक २३, २०८३

काठमाडौंमा गोरखा पत्रकार मञ्च गठन

राजधानीमा रही पत्रकारिता गरिरहेका गोरखाका पत्रकारले ‘गोरखा पत्रकार मञ्च’ गठन गरेका छन् ।

विभिन्न सञ्चार माध्यममा काम गरिरहेको गोरखाली पत्रकारको शनिबार सम्पन्न भेलाले प्रदीपराज वन्तको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।


राष्टिूय समाचार समितिमा आवद्ध पत्रकार वन्तको संयोजकत्वमा गठन भएको सो तदर्थ समितिका सदस्यहरुमा सोविता रिसाल, विनोद ढकाल, मञ्जिमा ढकाल, सागर पन्त, रक्षा रेग्मी, अर्जुन पन्त, सुमन पण्डित, विकास भट्टराई, सुवास भट्ट, टुना भट्ट, जापान गुरुङ र देवराज गुरुङलाई चयन गरिएको छ ।
सल्लाहकारमा रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याल छन् ।
विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने गोरखाका पत्रकारको साझा संस्थाका रुपमा मञ्चलाई विकसित गरिने संयोजक वन्तले बताए । भेलाले एक महिनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्