| आइतवार, कार्तिक २२, २०८३

रेडक्रस दिवसमा बिभिन्न ठाउँमा सरसफाइ

अन्तर्राष्टिूय रेडक्रस दिवसका अबसरमा गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँसाँगुमा विद्यालय तथा बजार क्षेत्र सरसफाई गरिएको छ । संसारी महेन्द्र माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा शिक्षक तथा विद्यार्थीले बजार सरसफाई गरेका हुन् ।
विद्यालय परिसर तथा नयाँसागु बजार क्षेत्रमा सरसफाई गरिएको शिक्षक खिलाशर्मा भट्टले बताए ।


सोही अबसरमा कक्षा ६ मा अध्ययनरत एलिसा सुनारलाई उपचारका लागि छ हजार पाँच सय रुपैयाँ चन्दा संकलन गरिएको छ । बेहोस हुने, चिच्याउने, रुने लगायतको समस्या भएकी सुनारको आर्थिक अबस्था कमजोर भएकाले उपचार हुन सकेको छैन । उनको उपचारका लागि चन्दा संकलन गरेर हस्तान्तरण गरेको शिक्षक भट्टले बताए ।
अन्तराष्ट्रिय रेडक्रस दिवसकै अबसरमा जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्