| आइतवार, कार्तिक २२, २०८३

मापसे नगरी सवारीसाधन चलाउने प्रतिवद्धता

गोरखाका यातायात मजदुरहरुले मादक पदार्थ सेवन नगरी सवारीसाधन चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा भएको यातायात मजदूरको भेलामा सहभागीहरुले टूाफिक नियमको पालना गर्ने ८ बुँदे प्रतिबद्धता गरेका हुन् । उनीहरुले सवारी चलाउँदा मोवाईल फोन प्रयोग नगर्ने, महिला, बालबालिका, अशक्त र वृद्धवृद्धालाई सम्मान गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै यातायात मजदुरको रुपमा बालश्रम प्रयोग नगर्ने, तिब्र गतिमा सवारी नचलाउने, तोकिएभन्दा बढि भाडा नलिने र सबैसँग सभ्य भाषा बोल्ने प्रतिबद्धता पनि उनीहरुले ब्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला टूाफिक इन्चार्ज दयाराम घिमिरेले टूाफिक नियम, यातायात मजदुरले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा सहजिकरण गर्दै जिम्मेवारीपुर्वक काम गर्न आग्रह गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष शैलेस लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष डिल्लीराम भट्ट लगायतले मन्तब्य ब्यक्त गर्दै प्रतिबद्धता पालना गर्न सबै यातायात मजदुरलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्