| सोमवार, कार्तिक २३, २०८३

अनियमितताको आरोपमा नेविसंघद्वारा जोसेफसँग विवरण माग

नेपाल विद्यार्थी संघ गोरखाले सेण्ट जोसेफ स्कुलसँग विद्यार्थी भर्ना, छात्रवृत्ति तथा शुल्क सम्बन्धी सम्पूर्ण विवरण माग गरेको छ । सो विद्यालयमा विद्यार्थी भर्ना प्रणाली, विद्यालयबाट दिईने छात्रवृत्ति तथा विभिन्न शुल्कमा अनियमितता भएको सुचना प्राप्त भएकाले विवरण माग गरेको नेविसंघ जिल्ला सभापति सुवास अधिकारीले बताए ।
विद्यालयको कक्षा ९ सेक्सन बि मा बैशाख ८ गते भर्ना भएका विवेक कुमार यादवमाथि पुर्वाग्रही ढंगले कक्षामा उपस्थित भई पढ्न नदिएको भन्दै नेविसंघले विद्यार्थीको शैक्षिक अधिकार हनन नगर्न पनि ध्यानाकर्षण गराएको छ ।
मंगलबार भित्र यादवलाई स सम्मान विद्यालयमा अध्ययन गर्ने वातावरण बनाउन पनि नेविसंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्