| सोमवार, कार्तिक २३, २०८३

शिक्षक महासंघ गोरखालाई शिक्षक संघको १५ दिने अल्टिमेटम

नेपाल शिक्षक संघ गोरखाले शिक्षक महासंघ छोड्न सक्ने चेतावनी दिएको छ ।

जिल्लाका सबै शिक्षकको साझा संस्थाको रुपमा काम गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष शिक्षकको पेशागत हकहितको कामका लागि भन्दा पनि पदका लागि मात्र भएको, सीमित घेराभित्र रहेको, आफ्ना आसेपासेको स्वर्थपूर्तिमा मात्र लागेको, मनोमानी, निरंकुश र एकाङ्की शैलीमा अघि बढेको भन्दै शिक्षक संघले सच्चिनका लागि १५ दिनको अल्टिमेटम दिएको छ ।

सो अवधीमा पनि कार्यशैली सुधार नगरे महासंघसंग आवद्ध नरहने शिक्षक संघका जिल्ला कार्यसमितिका अध्यक्ष लुमनाथ लामिछानेले ध्यानाकर्षण पत्रद्वारा सचेत गराइएको छ । यस सम्बन्धमा महासंघका अध्यक्षलाई बैशाख १९ गते पत्र लेखेर जानकारी गराइएको उनको भनाई छ । पत्रमा शिक्षक महासंघ गठन भएपछि बिना पक्षपात, बिना आग्रह, लोकतान्त्रिक मूल्य र मान्यता बमोजिक पेशागत हकहीतका काम हुने अपेक्षा गरिएपनि त्यसको विपरीत काम भएको उल्लेख छ । कार्यशैली सुधारका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेकाले महासंघ नै छोड्ने निर्णयमा पुगिएको शिक्षक संघको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्