
सहमति कार्यान्वयन गर्न निगमलाई विद्यार्थीहरूको अल्टिमेटम
दरौंदी : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीहरूलाई सहुलियत दरका खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एकहप्ते अल्टिमेटम दिएका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आइतबार विद्यार्थीहरूलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न एकहप्ते अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन्। विगतमा पटक–पटक विद्यार्थीहरूलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए। उनले एक हप्ताभित्र पनि आफूहरूका माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिए ।
ध्यानाकर्षण पत्रमा पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भीर ध्यानाकर्षण गराइएको छ ।




