| आइतवार, कार्तिक २२, २०८३

दिलबहादुर रम्तेल स्मृति कपको उपाधि पाँचकोट तमु समाजलाई

दरौंदी : प्रथम शहिद दिलबहादुर रम्तेल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पाँचकोट तमू समाजले जितेको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा पहिलो हुँदै पाँचकोटले नगद एक लाख ५० हजारका साथमा टूफÞी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्याग्दीको राखु पिप्ले समुह दोस्रो, पाल्पा भलिवल संघ तेस्रो र जनकपुर भलिबल संघ चौथो भएका छन् ।

दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ः नगद ६० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा नौ समुह सहभागी थिए । बारपाक सुलिकोट गाउँ पालीकाका अध्यक्ष बिष्णु भट्टले प्रतियोगिताका बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगिता समापन कार्यक्रममा गाउँपालीका उपाध्यक्ष सनमाया गुरुङ , भलिबल संघ गोरखा अध्यक्ष तथा वडा न ७ का वडा अध्यक्ष कृष्ण गुरुङ राष्ट्रिय भलिवल रेफ्री बिकास गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका मिलन ढकालले जानकारी दिए ।

यो प्रति योगिता गोरखा जिल्लाको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता भएको बारपाक सुलिकोट गाउँपालिकाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्