| सोमवार, कार्तिक २३, २०८३

कल ओभर रिजको स्वागत कार्यक्रम

ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षणमा पहुँच अभिवृद्धि गर्ने र अंग्रेजी भाषामा सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले गोरखामा काम गरिरहेको कल ओभर रिज नामक गैरसरकारी संस्थाले अघिल्लो बर्ष अंग्रेजी भाषा पढाएका विद्यार्थीलाई विदाइ र नयाँ बर्षमा अंग्रेजी भाषा पढ्ने विद्यार्थीलाई स्वागत गरेको छ ।
शनिबार एक समारोह गरी कल ओभररिजकी राष्टिूय निर्देशक साङ डोमाले पुरानालाई विदाइ र नयाँलाई स्वागत गरेकी हुन् ।
सो संस्थाकी गोरखा प्रमुख मिनु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिका वडा नं. ६ का अध्यक्ष नारायण अर्याल, बालमन्दिर माविका प्रअ लुमनाथ लामिछाने, महेन्द्रज्योति माविका प्रधानाध्यापक लक्ष्मण आचार्य, सहजकर्ता सुरेश बिक लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । साथै अघिल्लो बर्ष अंग्रेजी पढ्दा उत्कृष्ठ प्रस्तुती गर्ने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्