
गोरखा नगरपालिकामा ‘समावेशी शिक्षा’ तालिम सुरु
गोरखा नगरपालिकासंगको सहकार्य तथा ह्युम्यानीटी एण्ड इन्क्लुजन तथा एकीकरण नेपाल गोरखाको सहजीकरणमा समावेशी शिक्षा तालिम सुरु भएको छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुलाई दुईदिने समावेशि शिक्षा सम्वन्धि तालिम सुरु भएको हो । गोरखा नगरपालिका संचालन भएका विशेष कक्षा, श्रोत कक्षा तथा अन्य विद्यालयहरु गरि ८ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु तथा अन्य शिक्षकहरु तालिममा सहभागि भएका छन् ।
तालिममा अपाङ्गताको परिभाषा, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु, समावेशी शिक्षाको अवधारणा, नीतिगत व्यवस्था लगायत छलफल भएको कार्यक्रम अधिकृत रमा सिंखडाले जानकारी दिइन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरपालिकाका मेय राजन राज पन्तले नगरपालिका ले हाल अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी आवश्यक कार्यक्रमहरु तय गरेको जानकारी गराउदै विद्यालय व्यबस्थापन समिति तथा शिक्षकहरुलाई भर्ना प्रकृयामा विशेष ध्यान दिन आग्रह गरेका छन् । तालिमलाई गोपाल मरहट्टा र नन्द कुमार श्रेष्ठले सहजीकरण गरेका छन् ।




