
जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण
शहिद लखन गाऊँपालीका ७ को लखनथापा प्रा.विका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । क्याफे डि गोरखा चौतारीका सञ्चालक सोम श्रेष्ठले जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । ५ कक्षा सम्मका ५० विद्यार्थीलाई स्कुल शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका लगायतको उपस्थितीमा उनले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।




